ताजा खबर:- अस्वस्थ खानपान र व्यस्त जीवनशैलीका कारण अधिकांश मानिसको स्वास्थ्यमा दिनानुदिन नकारात्मक असर बढ्दैछ । कतिपय मानिसले नचाहेर पनि अधिक खाना खाने गर्दछन्, जसको कारण शरीरमा टोक्सिन्स बढ्न थाल्छ । यदि यी टोक्सिन्सलाई सफा नगरेमा वजन बढ्नुको साथै अन्य गम्भीर रोगहरूले ग्रसित बनाउँछ ।

शरीरलाई भित्रै देखि कसरी सफा राख्ने?

चिकित्सकका अनुसार, दिनहुँ बिहान खाली पेट केहि स्वस्थ डिटोक्स ड्रिंक्स पिउँदा केही दिनमा शरीरको भित्र जम्मा टोक्सिन्स र एक्स्ट्रा क्यालोरी पसिना र यूरिनको माध्यमले निकाल्छ । यसबाट वजन कम गर्न पनि मद्दत मिल्छ, त्वचामा चमक ल्याउनुको साथै कयौँ रोगहरूबाट बचाउँछ ।

 

डिटोक्स ड्रिंक्स कसरी बनाउने?

१-अर्सीको पानी

एक चम्मच सफा अर्सीलाई आधा गिलास पानीमा रातभरी भिजाएर राख्नुहोस् । बिहान छानेर खाली पेट यो पानी पिउनुहोस् र अर्सीको चपाएर खानुहोस् ।

२-व्हीटग्रास जूस

गहुँको जमराको आधा गिलास ताजा जूस दिनहुँ बिहान खाली पेट पिउनुहोस् । यसमा थोरै कागतीको रस र थोरै नून पनि मिलाउन सकिन्छ ।

३-मनतातो कागती पानी

एक गिलास मनतातो पानीमा आधा कागतीको रस मिलाएर खाली पेट पिउनुहोस् । यसमा एक चम्मच मह पनि मिलाउन सकिन्छ ।

४-एप्प्ला साइडर भिनेगर

आधा गिलास मनतातो पानीमा दुई चम्मच एप्पल साइडर भिनेगर मिलाएर खाली पेट पिउनुहोस् । यसमा एक चम्मच मह पनि मिलाउन सकिन्छ ।

५-लौकीको जूस

ताजा निकालिएको लौकीको जूस बिहान खाली पेट पिउनुहोस् । ध्यान राख्नुहोस् लौकी तितो हुनु हुँदैन । यसमा नून बाहेक अरू कुनै पनि चीज मिलाउनु हुँदैन ।

६-दालचीनीको चिया

थोरै दालचीनी पाउडर एक कप तातो पानीमा मिलाएर खाली पेट पिउनुहोस् । यसमा कागतीको रस र मह इच्छा अनुसार मिलाउन सकिन्छ ।

७-धनियाको जूस

हरियो धनियाको ताजा निकालिएको जूस समान मात्रामा पानीमा मिलाएर पिउनुहोस् । यसमा कागतीको रस, कालो नून मिलाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया