ताजा खबर:- बेकिंग सोडा एक यस्तो चीज हो जसलाई कुनै पनि चीजको साथमा प्रयोग गर्न सकिन्छ । यो रुघाखोकी देखि क्यान्सरबाट बचाउनका निमित्त एक प्रभावकारी उपचार हो । बेकिंग सोडाको प्रयोगले डायरिया, एसिडिटी, शरीरमा विषाक्त पदार्थ हुनु, मेटाबोलिक एसिडोसिस र पेप्टिक अल्सर आदि विभिन्न किसिमको खतरनाक रोगहरूबाट बँच्न सकिन्छ । त्वचालाई स्वस्थ राख्न र चम्किलो एवम् सुन्दर बनाउनुको साथ-साथै रुघाखोकी र प्लेग जस्ता समस्याहरूबाट छुटकारा दिन्छ । बेकिंग सोडामा सोडियम हुन्छ, जसले हाइपर-केलेमिया, किड्नी स्टोन र ब्लैडरमा हुने इन्फेक्शनबाट बचाउँछ । यदि तपाई बेकिंग सोडालाई पानीको साथमा मिलाएर प्रयोग गर्नुहुन्छ भने स्वास्थ्य सम्बन्धि फाइदा केवल ५ मिनेट मै प्राप्त हुन्छ ।  बेकिंग सोडा र पानीलाई मिलाएर प्रयोग गर्दा यस्ता १० फाइदा हुन्छ, जसलाई यसरी व्याख्या गरिएको छ ।

१-स्टोमक एसिड- अस्वस्थकर आहारको कारणले शरीरमा एसिड बन्न थाल्छ । यसकारण बेकिंग सोडाको सेवनले एसिडको समस्याबाट आराम छुटकारा दिनुको साथै pH लाई पनि नियन्त्रित गर्छ ।

२-पेट पोल्ने समस्या- यदि शरीरमा एसिड बढी भएमा पोल्ने समस्या उतपन्न हुनथाल्छ र यो एसिड जब ओएसोफेगसमा जान्छ भने आहार नलीमा पोल्ने समस्या शुरू हुनसक्छ । बेकिंग सोडाको प्रयोगले पोल्ने समस्याबाट छुटकारा दिन्छ ।

३-यूटीआई को समस्या- यदि मूत्रनलीमा संक्रमण छ भने दिनहुँ बेकिंग सोडा तबसम्म सेवन गर्नु जबसम्म यो ठिक हुँदैन । यदि यो समस्या निको नभएमा तुरुन्तको चिकित्सक कहाँ जाँच गराउनु पर्दछ ।

४-गठियाको दुखाईबाट आराम- शरीरमा यूरिक एसिड अधिक हुँदा गठियाको समस्या उत्पन्न हुन्छ । बेकिंग सोडालाई पानीको साथमा मिलाएर पिउँदा यस दुखाईमा आराम मिल्छ किनकि बेकिंग सोडाले शरीरमा यूरिक एसिड जम्मा हुन् दिन्न । बेकिंग सोडाको यो सबैभन्दा राम्रो प्रभावकारी स्वास्थ्य लाभ हो ।

५-रुघाखोकी र फ्लूबाट आराम- बेकिंग सोडा रुघाखोकी र फ्लूको लागि एक प्राकृतिक औषधी हो । यदि इन्फेक्शन हुनु भन्दा पहिले यसको प्रयोग गरियो भने रुघाखोकी र फ्लू युक्त भाइरसलाई सजिलै नष्ट गर्छ ।

६-किड्नी स्टोनबाट आराम- यसमा तपाई सावधान रहन आवश्यक हुन्छ किनकि यूरिक एसिड बन्नुको कारणले किड्नीको समस्या हुनसक्छ । बेकिंग सोडाको साथ पानी मिलाएर पिउँदा यो स्टोन नष्ट हुन्छ र नयाँ स्टोन पनि बन्दैन ।

७-शारीरिक सक्रियता बढाउँछ- बेकिंग सोडाको प्रयोगले शारीरिक सक्रियता राम्रो रहन्छ किनकि बेकिंग सोडा मसल्स द्वारा बन्ने लेक्टिक एसिडलाई कम गर्छ र मसल्स कठोर बनाउँछ ।

८-स्किन एलर्जीबाट आराम- एक चम्मच बेकिंग सोडालाई पानीको साथ मिलाएर पेस्ट बनाउनुहोस् र यसलाई आफ्नो त्वचामा लगाउनुहोस् । यसबाट तपाईलाई सनबर्नको साथै अरु तुप्रै किसिमको एलर्जेनबाट तपाईको त्वचामा हुने इन्फेक्शनमा आराम दिन्छ ।

९-क्यान्सरबाट बचाउँछ- अध्ययनको अनुसार बेकिंग सोडा तपाईको ब्लडको pH लाई प्रभावित नगरी एसिडिटी ट्यूमरको pH लाई बढाई दिन्छ । यो क्यान्सर पीडित मानिसको इम्यून सिस्टम र पाचन क्रिया बढाउने पनि काम गर्छ ।

१०-अल्सरमा आराम- बेकिंग सोडाको प्रयोगले पेटको एसिडलाई कम गरी अल्सरबाट बचाउँछ । दिनहुँ एक गिलास पानी र १ देखि २ चम्मच बेकिंग सोडा मिलाएर पिउनुहोस्, जसबाट तपाईको पेटमा हुने अल्सरबाट आराम मिल्न सक्छ ।

तपाईको प्रतिक्रिया