ताजा खबर:- स्वस्थ शरीरका लागि दिनहुँ दूध पिउनु अत्यन्त आवश्यक हुन्छ । यसमा पोषक तत्व भरिपूर्ण मात्रामा पाईन्छ तर दूध पिउँदा केही सावधानी अपनाउन अति आवश्यक हुन्छ । यस्ता कुन-कुन फूड्सको साथमा दूध पिउनु हुँदैन, जो हाम्रो स्वास्थ्यमा फाइदा भन्दा बढी नोक्सान पुर्याउँछ । अधिकांश मानिसहरूमा जानकारीको अभावका कारण यसो गर्छन् तर केही यस्ता थुप्रै फूड्स छन्, जसको साथमा या जसको सेवन पछि दूध पिउनु हुँदैन । दूधको साथमा कुन-कुन चीजहरू सेवन गर्न हुँदैन, जसको उल्लेख यसप्रकार गरिएको छ ।

दूध र दही- दूधको साथमा दही कहिल्यै पनि सेवन गर्नुहुँदैन । यदि तपाई दुवै खान चाहनुहुन्छ भने  दुवैको सेवनको बीचमा कम्तीमा एक देखि डेढ घण्टाको अन्तर हुन् आवश्यक हुन्छ किनकि  यदि दुवैलाई एकैसाथ सेवन गर्दा एसिडिटी, ग्यास्ट्रिक र उल्टी आउने समस्या उत्पन्न हुन्छ ।

दूध र मासको दल- मासको दालको साथमा दूधको सेवन निकै नोक्सानदायक सावित हुन्छ । यसको सेवन बीच कम्तीमा २-२ घण्टाको अन्तर हुन आवश्यक हुन्छ । यसो नगर्दा हर्ट अट्याकको खतरा बढ्छ ।

दूध र मूला- मूला वा मूलाबाट बनेको हरेक परिकार सँग दूध पिउनु हुँदैन । मूलाको सेवन पश्चात् दूधको सेवनले दूध विषाक्त हुनसक्छ । जसको कारण छाला रोग हुने सम्भावना बढ्छ । यसकारण मूलाको सेवन गरिसकेपछि ३ घण्टा पछि दूध पिउनुपर्दछ ।

दूध र फलफूल- दूधको साथमा फलफूल खानु पनि नोक्सानदायक हुन्छ । जब हामी दूध र फलफूललाई एकैसाथ सेवन गर्छौँ तब दूधमा रहेको क्याल्शियम फलफूलको एन्जाइम्सलाई अवशोषित गर्छ र शरीरलाई आवश्यक पोषण प्राप्त हुँदैन । विशेष रूपमा खट्टो फलफूलको साथमा दूधको सेवन गर्नुहुँदैन । दूध र केरालाई एकैसाथ खाँदा पाचन शक्तिमा नकारात्मक असर पर्छ ।

दूध र कागती- दूधको साथमा कागती, कटहर र करेलाको सेवन पनि हानिकारक हुन्छ । यसलाई एकैसाथ खाँदा दाद, लुतो, चिलाउने, एक्जिमा र सोराइसिस जस्ता समस्या उत्पन्न हुनसक्छ ।

तपाईको प्रतिक्रिया