ताजा खबर:- जाडो मौसममा हड्डीको समस्या बढ्छ । यसबाट बँच्नको लागि यस्ता चीजहरू खानुहोस्, जसमा भरिपूर्ण मात्रामा भिटामिन D हुन्छ, जसबाट हड्डी बलियो हुन्छ । दिनहुँ केही समय घाम तापेर बस्दा शरीरलाई प्रयाप्त मात्रा भिटामिन D मिल्छ तर जो व्यक्तिलाई घाम तापेर बस्ने फुर्सद हुँदैन, उनीहरूले भिटामिन D ले भरिपूर्ण यस्ता फूड आफ्नो आहारमा समावेश गर्नुपर्दछ, जसबाट हड्डी मजबूत हुन्छ । यहाँ यस्ता ८ फूड र यसको सेवन गर्ने तरिका बारे चर्चा गरिएको छ, जसबाट हड्डी बलियो हुनुको साथै जोर्नीको दुखाई जस्ता समस्याबाट बँच्न सकिन्छ ।

हड्डी बलियो बनाउने ८ उपाय-

१-पनीर

१०० ग्राम पनीरमा भिटामिन D १५७ IU  यसलाई कम तेलमा पकाउनुहोस् । यसलाई ग्रिल गरी खान सक्नुहुन्छ ।

२-दूध

२५० मिलीमा भिटामिन D १३० IU  दूधमा ड्राय फ्रूट्स मिलाएर पिउनुहोस् ।

३-सुन्तलाको जूस

१ गिलास सुन्तलाको जूसमा भिटामिन D १०० IU  यसलाई चीनी बिना नै पिउनुहोस् ।

४-माछा

१०० ग्राम माछामा भिटामिन D ७५९ IU  यसलाई ग्रिल या बेक गरेर खानुहोस् ।

५-चीज

१०० ग्राम चीजमा भिटामिन D ११० IU  ब्राउन ब्रेडमा मिलाएर खानुहोस् ।

६-अण्डा

१ अण्डामा भिटामिन D ४१ IU  उमालेर हाफ फ्राय आम्लेट बनाएर खानुहोस् ।

७-मशरूम

१०० ग्राम मशरूममा भिटामिन D ४५० IU यसलाई सलादमा मिक्स गरेर या सब्जी बनाएर खानुहोस् ।

८-दही

१५० ग्राम दहीमा भिटामिन D १०० IU  चीनीको साटो यसमा जीरा या नामक मिलाएर खानुहोस् ।

तपाईको प्रतिक्रिया