ताजा खबर:- अधिकांश मानिसको धारणा रहेको छ कि फोक्सो क्यान्सर धुम्रपानको सेवनले मात्र हुन्छ । तर जुन मानिसहरूले धुम्रपान सेवन गर्दैनन्, उनीहरूलाई पनि यो क्यान्सर हुनसक्छ । यसको पछाडी अलग-अलग कारण हुन्छन् । यदि सावधानीहरू अपनाउन सकेमा यस क्यान्सरबाट बँच्न सकिन्छ । चिकित्सकका अनुसार, फोक्सो क्यान्सर हुनसक्ने धुम्रपानको सेवन बाहेक अन्य ५ कारण यस्ता छन् ।

१-एस्बेस्टोस फाइबर

यसमा पाईने केमिकल्स श्वासको माध्यमले फोक्सो सम्म पुगी फोक्सो क्यान्सरको समस्या उत्पन्न गर्छ ।

२-कारखानामा काम गर्नाले

जुन कारखानामा कोयाला, आर्सेनिक या न्यूज पेपर प्रिन्टिंगका काम गरिन्छ । त्यहाँका कर्मचारीहरूलाई फोक्सो क्यान्सर हुनसक्ने आशंका बढी हुन्छ ।

३-लंग फाइब्रोसिस

जो मानिसलाई लंग फाइब्रोसिसको समस्या हुन्छ, उनीहरूलाई फोक्सो क्यान्सरको सम्भावना बढ्न सक्छ ।

४-क्रोनिक ब्रोन्काइटिस

जो मानिसलाई क्रोनिक ब्रोन्काइटिसको समस्या हुन्छ, उनीहरूलाई फोक्सो क्यान्सर हुनसक्ने आशंका रहन्छ ।

५-जेनेटिक

यदि घरमा आमा-बुवालाई फोक्सो क्यान्सरको समस्या छ भने यो जेनेटिक कारणहरूले बच्चालाई पनि हुनसक्छ ।

तपाईको प्रतिक्रिया