ताजा खबर:- मह र लसुन दुवैको छुट्टा-छुट्टै लाभ छन् र केही अवस्थामा नोक्सान पनि छन् । यी दुवैलाई एकै साथ सेवन गर्दा अवश्य स्वास्थ्य सम्बन्धि थुप्रै लाभ प्राप्त हुन्छ । लसुनलाई छिलेर यसको पोटीलाई हल्का दबाएर कुट्नुहोस् र यसमा मह मिलाउनुहोस् । केही समय सम्म राखिसकेपछि लसुनमा जब मह भित्र सम्म भरिन्छ तब यसको सेवन गर्नुहोस् । ध्यान राख्नुहोस् कि यसको सेवन तपाईले बिहान खाली पेट गर्नुपर्दछ । मह र लसुनको ५ फाइदा यस्ता छन् ।

१-प्रतिरोधक क्षमता

यदि प्रतिरोधक क्षमतामा कमी आएमा यसको सेवन गर्न शुरू गर्नुपर्दछ । शरीरको रोग प्रतिरोधकता बढाउनको लागि यसको उपयोग निकै लाभकारी सावित हुन्छ ।

२-इन्फेक्शन

कुनै पनि किसिमको फंगल इन्फेक्शनबाट बँच्नको लागि यो निकै लाभकारी हुन्छ । एन्टी-फंगल र एन्टी-ब्याक्टेरियल गुणहरूले भरिपूर्ण यस मिश्रण कुनै पनि प्रकारको इन्फेक्शनबाट बचाई राख्न मद्दत गर्छ ।

३-कोलेस्ट्रोल

मह र लसुन दुवैमा कोलेस्ट्रोल कम गर्ने मुख्य भूमिका रहेको हुन्छ । यसले मुटुको धमनीमा जमेको कोलेस्ट्रोललाई पनि कम गर्न उपयोगी सावित हुन्छ ।

४-घाँटी चिलाउने

घाँटीको समस्याहरू जस्तै:- चिलाउने र सूजन आदीमा यसको उपयोग फाइदाजनक हुन्छ । एन्टी-इन्फ्लेमेटरी गुणहरूको कारण यसले पूर्ण रूपमा आराम दिलाउन सहायक हुन्छ ।

५-रुघाखोकी

रुघाखोकीको समस्याबाट बँच्नको लाई यस मिश्रणको प्रयोग निकै फाइदाजनक हुन्छ ।

तपाईको प्रतिक्रिया