ताजा खबर:- हामी चीनीको सेवन हरेक दिन कुनै न कुनै रूपमा गरिरहेका हुन्छौँ र यो हाम्रो जीवनको एक अभिन्न अंग जस्तै भैसकेको छ । यसको गुलियोपन जति राम्रो लाग्छ, उतिनै स्वास्थ्यका लागि पनि नोक्सानदायक हुन्छ । यदि तपाईको पनि अत्यधिक चीनीको सेवन गर्ने बानी छ भने एक पटक अवश्य जान्नुहोस् कि यसको सेवनले हुनसक्ने यी ५ नोक्सान-

१-डायबिटीजको खतरा

यदि परिवारमा कुनै व्यक्तिलाई डायबिटीज छ भने चीनीको प्रयोग एकदमै कम गर्नुपर्दछ किनकि यो अनुवांशिक रूपले डायबिटीजको कारण बन्न सक्छ ।

२-चिलाउने रोग

चीनीको अत्यधिक प्रयोग गर्दा गुप्तांग चिलाउने समस्या उत्पन्न हुनसक्छ । यति मात्र नभई यसले गुप्तांग द्वारा अत्यधिक तरल स्राव र संक्रमणको लागि पनि जिम्मेवार हुनसक्छ ।

३-मुटु रोग

चीनी वा गुलियो चीजहरूको अधिक सेवन गर्दा मुटुको नलीमा बोसो जम्मा भई ब्लोक गर्न मद्दत गर्छ र नलीलाई भित्रै देखि साँघुरो बनाउँछ । यसकारण मुटु रोग या हर्ट अट्याकको सम्भावना बढ्छ ।

४-एग्जिमा

छालामा पनि चीनीको अधिक सेवनले खराब असर पुर्याउन सक्छ । यसले छाला चिलाउने, रातो हुने या अन्य समस्याहरू उत्पन्न गराउन सक्छ । एक सोधका अनुसार चीनीको प्रयोगले एग्जिमाको सम्भावना बढाउन सक्छ ।

५-हड्डी कमजोर

दाँतको माथिल्लो भाग बाहेक यसको प्रयोग हड्डीलाई कमजोर बनाउन पनि मुख्य भूमिका निभाउँछ । यसको साथै ओस्टियोपोरासिस जस्ता समस्याको लागि पनि चीनीको अधिक सेवन जिम्मेवार हुन्छ ।

तपाईको प्रतिक्रिया