ताजा खबर:- चिसो मौसममा दम रोगीको लागि समस्या अझ जटिल हुन्छ तर मुटु रोगीहरूले पनि यस मौसममा निकै सावधानी अपनाउन आवश्यक हुन्छ । विशेषगरी चिसो मौसममा रक्तवाहिनी नली खुम्चिन्छ, जसको असर मुटुमा रगत पुर्याउने धमनीमा असर पर्छ । यसकारण जाडो मौसममा मुटु रोगीहरूलाई हर्ट अट्याकको खतरा बढ्छ । जान्नुहोस्, मुटु रोगीले जाडो मौसममा अपनाउनु पर्ने ५ सावधानी-

१-यसबाट बँच्नको लागि अधिक चिसो मौसममा जानुहुँदैन । यदि चिसोमा बाहिर निस्कनु छ भने राम्रो किसिमले ऊनीको वस्त्र लगाएर एवम् टाउकोमा टोपी लगाएर निस्कनु पर्दछ । किनकि शरीरमा तातोपान रहिरहन्छ र रक्तवहिनी नलीहरू खुम्चिन पाउँदैन् ।

२-अधिक बोसोयुक्त चिजहरू खान र चुरोट, रक्सी आदीको सेवन गर्नुहुँदैन । यसबाट रक्तवाहिनी साँघुरिएर मुटु सम्म रक्तसंचारमा समस्या आउन सक्छ ।

३-बिहान-साँझ ३-४ किलोमिटर हिड्नुहोस् । यसो गर्दा रक्तसंचार राम्रो हुनुको साथै शरीरमा तातोपन बनिरहन्छ र बोसो जम्मा पनि हुँदैन ।

४-नूनको सेवन कम गर्नुहोस् । मख्खन र घिउको प्रयोग पनि सिमित मात्रामा गर्नुहोस् । ब्लडप्रेशरलाई नियन्त्रण राख्न र बोसोको जम्मा हुनबाट रोक्न निकै आवश्यक हुन्छ ।

५-तनावबाट बँच्न अति आवश्यक हुन्छ । हल्का घाममा आन्नद लिनुहोस् तर टाउकोलाई अधिक तातो भने हुन दिनुहुँदैन । अधिक चिसो बढ्दा ताप सेक्नुहोस् र तर केही दूरीबाट मात्र सेक्नुपर्दछ ।

तपाईको प्रतिक्रिया