ताजा खबर:- अण्डामा पाईने न्यूट्रीएन्ट्सको कारणले यसलाई एक कम्प्लीट फूड भनिन्छ । तर यसको प्रयाप्त फाइदा शरीरलाई त्यो बेला मिल्छ जब अण्डा पूर्ण रूपमा पाकेको हुन्छ । जो मानिस काँचो अण्डा खाने गर्छन्, उनीहरूलाई यसको सेवनले नोक्सान पुर्याउन सक्छ । चिकित्सकका अनुसार, काँचो अण्डाको सेवनले गर्दा हुनसक्ने नोक्सानहरू र साथै अण्डा खानुभन्दा पहिले कुन कुरामा विशेष ध्यान राख्दा यसको पूर्ण फाइदा शरीरलाई मिल्छ, यस्ता सम्पूर्ण कुरा तल उल्लेख गरिएको छ ।

-अण्डालाई पहेँलो भाग सहित खानुहोस् ।

-उमालेको अण्डालाई सलादको साथमा खान सक्नुहुन्छ ।

-अण्डाको अम्लेट बनाएर खान सक्नुहुन्छ ।

-दूधको साथमा उमालेको अण्डालाई खान सक्नुहुन्छ ।

-वजन बढाउनको लागि अण्डाको करी या अण्डाको भुर्जी बनाएर खाँदा फाइदाजनक हुन्छ ।

 काँचो अण्डाको ५ नोक्सान

१-काँचो अण्डामा सोल्मोनेल ब्याक्टेरिया हुन्छ । यसबाट इम्यूनिटी कम हुन्छ । इन्फेक्शनको खतरा बढ्छ ।

२-यसबाट शरीरमा प्रोटीनको अवशोषणमा बाधा पुग्छ । मसल्स कमजोर हुनसक्छ ।

३-यसबाट शरीरमा बायोटिनको प्रयाप्त अवशोषण हुन पाउँदैन । यसबाट शरीरमा ग्लूकोज बन्ने प्रक्रियामा नकारात्मक असर हुन्छ र कमजोरी महसूस हुनसक्छ ।

४-गर्भावस्थामा काँचो अण्डा खाँदा यूटरसमा क्रैम्प हुनथाल्छ । यसबाट अपरिपक्क बच्चा हुनसक्ने आशंका बढ्छ ।

५-काँचो अण्डामा पाईने ब्याक्टेरियाले अपचको समस्या निम्त्याउन सक्छ । यसबाट फूड प्वाइजनिंग हुनसक्ने आशंका बढ्छ ।

अण्डा खानु भन्दा पहिले ध्यान राख्नुपर्ने कुरा-

-अण्डालाई लामो समयसम्म स्टोर गरेर राख्नु हुँदैन । यसो गर्दा अण्डा खराब हुनसक्छ ।

-यदि अण्डामा फुटेको वा चर्केको निशान छ वा यसको रंग परिवर्तन भएको छ भने यस्तो अण्डा खरिद गर्नुहुँदैन । यी अण्डा खराब हुनसक्छ ।

-अण्डालाई प्रयोग गर्नुभन्दा पहिले यसलाई नून पानीले धुनुहोस् ।

तपाईको प्रतिक्रिया