ताजा खबर:- ब्रेन हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण भाग हो । यसलाई शरीरको कन्ट्रोल प्यानल मान्नु कुनै गलत कुरा होइन । चिकित्सकका अनुसार, सामान्यतय: शरीरमा जति हेरचाह हुन्छ, त्यति नै ब्रेनमा लापरवाही हुन्छ । शरीरलाई क्रियाशील राख्नको लागि जिम्मेवार ब्रेनलाई पनि हेरचाह र सुरक्षा गर्न आवश्यक हुन्छ । चोट लाग्दा वा गलत औषधीको सेवनले ब्रेनलाई हानि पुर्याउँछ र साथै दैनिक केही गल्तीहरूले पनि ब्रेनलाई नोक्सान पुर्याउन सक्छ ।

यस्ता गल्तीहरूले ब्रेनलाई नोक्सान पुर्याउन सक्छ,

अनिन्द्रा- जब तपाई सुत्नुहुन्छ तब ब्रेनले पनि आराम गर्छ र जसले शरीरमा ताजापन र सक्रियता बढाउँछ । यदि प्रयाप्त निन्द्राको कमीले ब्रेनले आराम गर्न नसकेमा ब्रेनको कार्य क्षमता कम हुन्छ, जसको कारण ब्रेन सम्बन्धि रोगहरू उत्पन्न हुनसक्छ ।

ब्रेकफास्ट नगर्दा- ब्रेकफास्ट नगर्दा तपाईको ब्रेनमा ग्लूकोजको सप्लाई कम हुन्छ र यसको कारण थकान र चिडचिडापन जस्ता समस्या उत्पन्न हुन्छ । लामो समयमा यसले तपाईको काम र प्रस्तुतीमा असर पुर्याउन सक्छ ।

ओभरइटिंग- जब तपाई बढी खानुहुन्छ, विशेषगरी जंक फूड जसको कारण ब्रेनले सोच्ने गर्छ कि तपाईको पेट भरिएको छ । यसकारण ब्रेनले भोक लाग्ने संकेत पनि दिँदैन । यस किसिमले थकान र कमजोरी बढ्छ र ब्रेनको कार्यक्षमतामा असर पर्छ ।

कम पानी पिउनु- पानी कम पिउँदा शरीरमा डिहाइड्रेशनको समस्या हुन्छ तर यसबाट ब्रेनको कार्यक्षमतामा असर पर्छ । यदि तपाई दिनभरिमा ८ गिलास भन्दा कम पानी पिउनुहुन्छ भने डिहाइड्रेशनबाट ब्रेनको टिशूज खुम्चिन सक्छ र ब्रेन डिजीज हुनसक्छ ।

मल्टीटास्किंग- मल्टीटास्किंग अर्थात् एकै समयमा थुप्रै काम गर्दा तपाईको ब्रेन पावर बढ्छ भन्ने तपाईको धारण गलत हुनसक्छ । एक अध्ययनका अनुसार, जो मानिसले मल्टीटास्किंग गर्छन, उनीहरूको लामो समयमा क्षमता कम हुन्छ ।

धुम्रपान सेवन- यदि तपाई स्मोक गर्नुहुन्छ भने शरीरमा कयौँ नोक्सानदायक केमिकल निर्माण हुन्छ । यो केमिकलले रगतलाई गाढा बनाउँछ, जसले ब्रेनमा रक्तसंचार कम हुन्छ । यसबाट विभिन्न किसिमको मानसिक समस्या हुनसक्छ ।

तनाव र चिन्ता- तनाव र चिन्ता तपाइको ब्रेनको लागि नोक्सानदायक हुन्छ । एक अनुसन्धानका अनुसार, जब तपाई तनावमा रहनुहुन्छ तब शरीरमा कार्टिसन नामक हार्मोन निर्माण हुन्छ, जसले तपाईको ब्रेनमा नोक्सान पुर्याउन सक्छ ।

तपाईको प्रतिक्रिया