नेपालगन्ज २३ कार्तिक । विवेकशिल साझा पार्टी बाँकेले आफ्ना उम्मेदवारहरुलाई सार्वजनिक गरेको छ । नेपालगन्जमा आज एक कार्यक्रमको आयोजना गर्दे पार्टीले बाँकेको तिन क्षेत्रमा उम्मेदवारी दिएका उम्मेदवारहरुलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । विवेकशिल साझा पार्टीले बाँकेमा आफ्ना ६ जना उम्मेदवार लाई चुनावी मैदानमा उतारेको छ । प्रतिनिधि सभा तर्फ २ र प्रदेश सभाका लागी ४ गरी ६ जना उम्मेदवार बनेको पार्टिका बाँके सम्योजक चिरिन्जीवी शर्माले जानकारी दिए । प्रतिनिधि सभाका लागी क्षेत्र नम्बर १ बाट कुशल अधिकारी, क्षेत्र नम्बर २ बाट नगेन्द्र कुवरले उम्मेदवारी दिएका छन । त्यस्तै प्रदेश सभाका लागी क्षेत्र नम्बर १ क बाट दयाराम थारु, क्षेत्र नम्बर १ ख बाट ज्योती परीयार, क्षेत्र नम्बर २ ख बाट डाक्टर विनोद कर्ण र क्षेत्र नम्बर ३ ख बाट अमित लामालाई उम्मेदवार बनाएको प्रवक्ता नारायण पोखरेलले बताए । उम्मेदवार छनोट गर्दा ‘टप टु’ नभएर ‘बटन टु’ पद्धती अपनाइएको प्रवक्ता पोखरेलले जनाए ।

केन्द्रिय सदस्य एवं प्रदेश नम्बर ६ का सम्योजक समेत रहेका समानुपातिक उम्मेदवार गेहेन्द्र दाहालको विषेस उपस्थितीमा गरीएको पत्रकार सम्मेलनमा चुनावी प्रसार प्रचारका बेला कुनैपनि ट्रार्फिक जाम नगर्ने , होहोल्ला नगर्ने, दवाब सिर्जना नगर्ने, स्वइच्छाले जहाँबाट सहयोग आउछ त्यसैलाई प्रयोग गरेर पारदर्शि ढङबाट अघि बढ्ने प्रतिवद्धता जनाइएको छ । विवेकशिल साझा पार्टीले पत्रकार सम्मेलन मार्फत निर्वाचन प्रचारमा विदेशि नम्बर प्लेटको गाडी प्रयोग नगर्ने उद्घोष गरेको छ ।

तपाईको प्रतिक्रिया