नेपालगन्ज २३ कार्तिक । खजुरा युथ क्लबले खजुरा प्रबेश गर्ने पडारी नाला नजिक फालीएका फोहरहरु लाई व्यवस्थापन सामाजिक कामको सुरुवात गरेको छ । केहि दिन अघि दर्ता भएको कल्बले आज स्थानिय नालाछेउमा रहेको फोहोर व्यवस्थापन गरेको हो ।

स्थानिय पेडारी नालाको छेउ किनारमा फोहोर फ्याकीदा बातावरण नै प्रदुषित बनेपछि त्यसको व्यवस्थापन तर्फ कल्वका युवाको चासो बढेको कल्वका सल्लाहकार विवेक मल्लले जानकारी दिए । खजुरा क्षेत्रमा आगामि दिनमा सामाजिक काम कल्वले गर्दे जाने पनि मल्लले बताए । कल्वको कामको उच्च प्रसन्सा गर्दे खजुरा गाउपालीकाका वार्ड न १ का अध्यक्ष सुमन मल्लले क्लबलाई टि सर्ट उपहार प्रदान गरेका छन ।

तपाईको प्रतिक्रिया