काठमाडौँ । एन आई सी एशिया बैंकको नयाँ शाखा मुसिकोटमा पनि खुलेको छ । बैंकको नयाँ शाखा मुसिकोट न.पा. वडा नं. ०५, बागबजार, स्थित रुकुममा आज एक समारोहका बिच जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष श्री टेक बहादुर पुनले समुद्घाटन गरेपछि सुरुवात गरिएको सहायक प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

तपाईको प्रतिक्रिया