ताजा खबर :- अधिकांश मानिस मोटो सिरानी लगाएर वा एकै साथ तीन-चार सिरानी लगाएर सुत्ने बानी हुन्छ, जसबाट उनीहरूलाई सुत्न आनन्द महसूस हुन्छ तर यो सिरानीले विभिन्न रोगहरूलाई उत्पन्न गर्छ । यसले घाँटी र कम्मरमा असर पार्नुको साथै तपाईको सुन्दरतामा पनि असर पार्छ । यसै विषयलाई लिएर आज हामी चर्चा गर्दैछौँ कि, सिरानी लगाएर सुत्नुको के-के नोक्सान हुन्छ र यो कुन किसिमले स्वास्थ्यमा असर पार्छ ।

अनुहारमा चाउरीपन– जब हामी रति सुत्छौँ तब हाम्रो त्वचा र सिरानी बीच घर्षण हुन्छ, जसले अनुहारमा चाउरीपन बढ्न सक्छ । यदि तपाई निन्द्रामा अनुसारलाई सिरानी तर्फ मोडेर सुत्नुहुन्छ भने यो बानीले तपाईको अनुहारमा चाउरीपन उत्पन्न गर्न सक्छ । यसको साथै तपाईको अनुहारमा लामो समयसम्म दबाव बनाई राख्छ, जसले रक्तसंचार प्रभावित हुन्छ र अनुहारको समस्याहरू थप बढ्छ ।

कपालको लागि नोक्सानदायक- राती सुतेको समय हाम्रो कपाल र सिरानी बीच घर्षण हुन्छ । यसले कपाल रुखो हुन्छ र यसको मुलायमपन नष्ट हुन्छ । कतिपय समय कपाल र सिरानीको घर्षणको कारणले कपाल बीचबाट नै टुट्छ । जो मानिस काम गर्ने देखि लिएर फिल्म हेर्ने, यति मात्र होइन कुरा गर्नको लागि पनि ढाड र टाउकोमा सिरानीको साहार लिई बस्न रुचाउने गर्दछन्, उनीहरूको लागि नोक्सान दुई गुणा बढ्छ । किनकि यसबाट सिरानीमा जमेको फोहोर कपालमा चप्किन्छ र कपाल झर्न थाल्छ ।

किटाणुको घर- एक सोधका अनुसार, तपाईको सिरानीको वजन एक तिहाई भाग किटाणुहरू, मृत त्वचा, धूलो र किटाणुको मलको हुन्छ ।

मानसिक तनावको कारण- एक रिसर्चका अनुसार, सिरानी लगाउँदा कम्मर दुख्नुको साथै मानसिक समस्या पनि हुन शुरू हुन्छ । कयौँ पटक सिरानीको गलत पोजिशन वा बढी उचाईको कारण गर्दनमा जोर पर्छ, जसकारण हामी रातभरी सुते पनि बिहान उठ्दा ताजा महसूस गर्दैनौ । जसका कारण हामी मानसिक तनावमा रहन्छौँ ।

तपाईको प्रतिक्रिया