नेपालगन्ज २३ कार्तिक । बाढीबाट प्रभावित बाँकेका किसानहरुलाई राहत अन्तर्गत् गहुँको बिउ बितरण गर्न सुरु गरिएको छ । बाँकेका बाढीबाट प्रभावित किसानलाई प्रतिव्यक्ति ८ किलोका दरले बिउ वितरण गर्न सुरु गरिएको जिल्ला कृषि विकास कार्यालय बाँकेका प्रमुख कृष्णबहादुर बस्नेतले जानकारी दिए । जम्मा ११ हजार केजी राहतको बिउ १ हजार ३ सय ७५ जना बाढीपीडित किसानहरुले पाउने भएका हुन । राहतको बिउ स्थानिय तहका जनप्रतिनिधिको रोहबरमा विहिबार राप्तीसोनारीको वडा नम्वर ३ र ४ मा बितरण गरिएको छ ।

कार्यालयले ४० प्रतिशत अनदानमा पनि गहुँको बिउ बितरण सुरु गरेको छ । उक्त बिउ जिल्लाका १६ वटा स्थानमा रहेका बितरकहरुबाट वितरण गरिने बस्नेतले जानकारी दिए । कार्यालयले राहतका लागि आएको तोरी र दलहन बालिको बिउ भने समयमा बाँड्न नसकेको किसानहरुले गुनासो गरेका छन् ।

तपाईको प्रतिक्रिया