एजेन्सी। हिजोआज सेक्सी लुक्स मात्रै बजारमा बिक्दैन, सेक्सी फिगरको पनि कुरा उठ्छ । सेक्सी फिगर भएका महिलालाई कतिपयले कामुकको संज्ञा दिएका छन् भने कतिपय सुन्दरताको खानी भन्न भ्याएका छन् ।

यसैबिच टेक्सास युनिभर्सिटीका वैज्ञानिकहरुले एउटा अनुसन्धान गरेर बेलायती मोडल केली ब्रुक विश्वकै सबैभन्दा ‘बेस्ट’, फिगर भएकी महिला भएको बताइएको छ । डेलिमेलका अनुसार केलीको फिगरलाई वैज्ञानिकहरुले सबैभन्दा उत्कृष्ट मानेका छन् ।

शरीरको हरेक भाग एकदमै फिट भएको र न दुब्ली न मोटी भएका कारण उनीलाई ‘बेस्ट’ फिगरको ट्याग दिइएको बताइएको छ । मानिसहरुले ती महिलाको शरीरको हरेक भागको साइजसहित अनेकौं मापदण्डहरु बताएका थिए ।

तिनै मापदण्डहरुको आधारमा परफेक्ट महिलाको खोजी गरिएको थियो । वैज्ञानिकका अनुसार केलीको शरीर यी सबै मापदण्डमा उत्कृष्ट भएको डेलीमेलले लेखेको छ ।

तपाईको प्रतिक्रिया