काठमाडौँ । लामो समयदेखि बेलायतमा बस्दै आएका गायक अनिश पाण्डेले राष्ट्रिय गीत सार्वजनिक गरेका छन् । यसअघि मनदेखि मन बोलको गीतको भिडियो सार्वजनिक गरेर चर्चा कमाएका गायक पाण्डेले यसपटक देशको महिमा र राष्ट्रियताले ओतप्रोत हुने गीत लिएर आएका छन् । जसको बोल छ मेरो नेपाल । सार्वजनिक राष्ट्रिय गीतको महिमा वर्णन गर्दै गायक पाण्डे थप्छन् ‘बिदेशमा बस्दा होस् वा स्वदेशमा बस्दा होस् ‘देश हाम्रो हो , आमा हाम्री हुन्, आमाको माया जहाँ गए पनि बराबरी, नजिक होस् वा टाढा । पाण्डेले भिडियो सार्वजनिक गरे लगत्तै देश प्रतिको महिमालाई आमासँग तुलना गरेर यसरी बर्णन गरे ।’

गीतकार भानु भट्टराईको शब्द शृजनामा तयार भएको गीतमा गायक स्वयमको संगीत रहेको छ । महाराज थापाले एरेन्ज गरेको गीतको सम्पादन पावन सुस्लिंगले गरेका हुन् । बेलायतमा नै रेर्कड गरिएको गीतले देश वर्तमान परिपक्षलाई मुख्य रुपमा उठाउन खोजेको गायक पाण्डे बताउँछन् । गायक पाण्डे अगाडी थप्छन् ‘गीतले युवाहरु मिलेर देश बनाउनुपर्छ र सबै मिलेर यो साझा फुलबारीलाई मायाको न्यानो पन दिनुपर्छ ।’

तपाईको प्रतिक्रिया