एजेन्सी। छोटो ड्रेसमा बाहिरि निस्किएकी बलिउडकी सुन्दरी नायिका ऐश्वर्या राय बच्चनको फोटोग्राफर खुसुक्क खिच्न खोज्दा ऐश्वर्याका पति अभिषेकले देखेपछि केहीबेर विबाद भयो । अभिनेत्री ऐश्वर्या राय बच्चन फेशन डिजाइनर मनिष मल्होत्राको डिनर पार्टीमा निकै नै छोटो ड्रेसअपमा देखिएका बेला पत्रकारले उक्त मौकाको फाइदा उठाउन के खोजेका थिए उनी ऐश्वर्याका पति अभिषेको जालमा परे । फोटो त खिच्न सफल भए तर ऐश्वर्याका पति अभिषेकले ति तस्विरहरुलाई अभिषेकले फोटोग्राफरहरुलाई निकै गाली गरे र उनीहरुको क्यामेराबाट सबै फोटो डिलिट गर्न लगाए । वास्तमा अभिषेक र ऐश्वर्या निर्माता करण जौहरले निर्माण गरिरहेको नयाँ फिल्मका लागी त्यहाँ पुगेका थिए । ऐश्वर्या पार्टीबाट बाहिर निस्केपछि कारतर्फ जाँदै गर्दा फोटोग्राफरहरुले उनको फोटो खिचेपछि अभिषेकले आपत्ति जनाएका हुन् । ऐश्वर्या र अभिषेक फिल्म अभिमान फिल्मको रिमेकमा देखिने भारतयि मिडियाहरुले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया