ताजा खबर :- हामी सबैलाई जानकारी भएकै कुरा हो कि, पानी हाम्रो जीवनको लागि निकै आवश्यक हुन्छ । हामी केही दिन सम्म खाना नखाई रहन सक्छौँ तर बिना पानी हामीलाई एक दिन पनि बाँच्न कठिन हुन्छ । हामीलाई सबै थाहा छ कि, हरेक दिन कति मात्रामा पानी पिउनु पर्दछ तर कुन तरिकाले पानी पिउनुपर्दछ, यो अधिकांश मानिसलाई थाहा नै हुँदैन । यसै क्रममा अधिकांश मानिसले जानी-नजानी उभिएर पानी पिउने गर्दछन्, जुन हाम्रो शरीरको लागि नोक्सानदायक हुन्छ ।

उभिएर पानी पिउँदा हुनसक्ने नोक्सानहरू-

१- जब हामी उभिएर पानी पिउँछौँ तब पानी सिधा हाम्रो पेटको भित्तामा खस्छ । यसकारण हामीलाई लामो समय सम्म पाचन सम्बन्धि समस्या हुनसक्छ । केवल पाचन मात्र होइन, हाम्रो मृगौलामा पनि यसले प्रभाव पार्छ ।

२- हाम्रो शरीरमा पानीको साथै अन्य तरल पदार्थ रहेको हुन्छ । उभिएर पानी पिउँदा यसले हाम्रो शरीरमा रहेको अन्य तरल पदार्थ असन्तुलन हुन्छ । जसका कारण हाम्रो जोर्नीको कार्टिलेजमा रहेको लिक्विडमा कमी हुनथाल्छ । यसकारण जोर्नीमा दुखाई र गठिया जस्ता अन्य समस्याहरू हुनसक्छ ।

३-जब तपाई उभिएर पानी पिउनुहुन्छ तब यो तीव्र रूपमा मृगौलामा पुग्छ र मृगौलाबाट बिना प्रशोधित जान्छ । यसबाट मूत्राशय एवम् रगतमा फोहोर जम्मा हुन्छ, जसले मृगौलामा समस्या हुनसक्छ ।

४-यस तरिकाले पानी पिउँदा छाती पोल्ने र अल्सर जस्ता रोग पनि हुनसक्छ । यसकारण हाम्रो शरीरको तल्लो भाग कमजोर हुन्छ ।

५-यदि हामी उभिएर पानी पिउने गर्छौँ भने यसबाट घुँडामा जोर पर्छ । यसबाट अर्थराइटिसको समस्या हुनसक्छ ।

तपाईको प्रतिक्रिया