ताजा खबर :- सेक्सको अवधिमा पुरुषको शरीर देखि विर्यको रूपमा लाखौँ-करोडौँ स्पर्म बाहिर निस्किन्छ तरपनि यी मध्य एक मात्र यस्तो हुन्छ, जुन महिलाको अण्डाशयको साथमा मिलेर प्रजननको प्रक्रियालाई पुरा गर्छ । अधिकांश मानिसलाई स्पर्मको बारेमा त्यति धेरै जानकारी हुँदैन, जबकि स्पर्मको बारेमा यस्ता कयौँ जानकारी छन्, जसको बारेमा तपाईलाई पुरा जानकारी हुनुपर्दछ । यसकारण आज हामी चर्चा गर्दैछौँ, स्पर्मको बारेमा यस्ता केही रोचक कुराहरू-

स्पर्म बन्न लाग्ने समय- हुनत: पुरुषको अण्डकोषमा हरेक समय स्पर्म बनिरहन्छ तर कुनै पनि स्पर्मलाई पुरा परिपक्क हुन र प्रजननको लागि पूर्ण रूपमा तयार हुनका लागि ४६ देखि ७२ दिन सम्मको समय लाग्छ ।

जीवनचक्र- स्पर्मको जीवनचक्र अलग ठाउँमा अलग हुन्छ, जस्तै स्खलन पश्चात् जब स्पर्म महिलाको शरीरमा प्रवेश गर्छ तब तपाईको स्पर्म त्यहाँ पाच दिन सम्म जीवित रहन सक्छ । यदि यो कुनै सुख्खा ठाउँमा रह्यो भने सुकेर नष्ट हुन्छ । यदि तपाईको वीर्य कुनै तातो टबमा स्खलन गर्नुहुन्छ भने यो स्पर्म घण्टौसम्म सतहमा तैरिन्छ ।

स्पर्मको तापक्रम- जब तपाई सेक्स गर्दै हुनुहुन्छ तब यस अवधिमा शरीर निकै तातो हुन्छ तर सायद तपाईलाई यो थाहा नहुन सक्छ कि स्पर्म तापक्रम सधैँ शरीरको तापक्रम भन्दा लगभग ७ डिग्री कम हुन्छ । अण्डाकोषमा यसै तापक्रममा स्पर्म सुरक्षित र स्वस्थ रहन्छ ।

स्वस्थ स्पर्म- जति पनि स्पर्म शरीरबाट बाहिर निस्कन्छ, यी मध्य अधिकांश पूर्ण रूपमा स्वस्थ हुँदैन बरु यसमा ९०% स्पर्म खराब हुन्छ । हुनत: यसको अर्थ यो होइन कि, तपाईको स्वास्थ्यमा कुनै खराबी छ, किनकि यो सामान्य कुरा हो ।

लिंगको निर्धारण- सायद तपाई यो जानेर आश्चर्यमा पर्न सक्नुहुन्छ कि तपाईको बच्चाको सेक्स पूर्ण रूपमा तपाईको स्पर्ममा निर्भर गर्छ । केही स्पर्ममा एक्स क्रोमोसोम(फिमेल) र केहीमा वाई क्रोमोसोम(मेल) हुन्छ र यसैको हिसाबले बच्चाको लिंग निर्धारण हुन्छ ।

प्रयाप्त स्पर्म- सामान्यतय: पुरुषमा दुई अण्डाकोष हुन्छ, जसमा सधैँ स्पर्म र वीर्य बनिरहन्छ । तर यदि कुनै विशेषको साथमा एक मात्र अण्डकोष छ भने पनि यसबाट उसको प्रजनन क्षमतामा कुनै असर पर्दैन ।

तपाईको प्रतिक्रिया