काठमाडौं, कात्तिक २३ – सुनको भाउ बिहीबार पनि बढेको छ । सुनको भाउ तोलामा एक सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन तोलाको ५६ हजार रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी तोलाको ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।अमेरिकाले उत्तर कोरियालाई थप प्रतिबन्ध लगाउने अनुमानमा सुनको भाउ बढेको बताइन्छ ।

तपाईको प्रतिक्रिया