एजेन्सी । आफ्नो निजी विमान चढ्न रहन जो कोहीलाई पनि हुन्छ । तर त्यो इच्छा निकै कम मात्रामा इच्छार्थीको पूरा हुन्छ । नेपालमा निजी विमान एउटा सुन्दर कल्पनाको विषय हो । यहाँ विमान ब्यबसायी बाहेक हत्तपत्त अरु ब्यबसायी वा गन्यमान्यको जहाज छैनन् । तर बलिउडमा ब्यबसायी कलाकारहरु आफ्नै निजी विमानमा सरर उड्ने गर्छन् । जसमध्येमा कलाकारहरुको आज हामी चर्चा गछौँ । बलिउडका चर्चित नायिकाहरु मध्ये आफ्नै निजी विमानमा सयर गर्ने नायिकामा पर्छिन् ऐश्वर्या राय । उनी छोटो तथा लमो दुरिमा पनि आफ्नै विमानमा समय गर्छिन् । त्यस्तै नायिका शिल्पा शेट्टी, प्रियंका चोपडा, मल्लिका शेरावत लगायतका बलिउडका चर्चित स्टारहरु आफ्नै निजी विमानमा यात्रा गर्दै आइरहेका छन् । त्यस्तै बलिउका ३ खान मध्येका २ खान शाहरुख र सलमानको आफ्नै निजी विमान छ । उनीहरु जहाँ जाँदा पनि आफ्नै जहाजमा यात्रा गर्छन् । त्यस्तै एक्सन स्टार अक्षय कुमार पनि आफ्नै निजी विमानमा सयर गर्छन् । शाहरुख , सलमानका अलावा अभिषेश बच्चन, ऋतिक रोशन, अजय देवगन पनि आप्नै निजी विमानमा यात्रा गर्छन् ।

तपाईको प्रतिक्रिया