काठमाडौं – आगोमा जल्दै आक्रमणकारीको भिडबाट बाँच्न भागिरहेका दुई हात्तीको फोटोले वाइल्ड लाइफ फोटोग्राफी अवार्ड जितेको छ । भारतको पश्चिम बंगालको बान्कुडामा लिइएको यो फोटोमा हात्तीको बच्चा आगोमा जलिरहेको र माउ हात्तीको पछिपछि भागिरहेको देखिन्छ । विप्लव हाजराको यो फोटोले वाइल्ड लाइफ फोटोग्राफीको शीर्ष अवार्ड पाएको सेन्चुरी म्यागजिनमा खबर छ । तर, आगोमा जल्दै भागिरहेका हात्तीको अवस्था त्यसपछि के भयो भन्ने आधिकारिक सूचना नआए पनि आक्रमणकारीले मारेको खबर बाहिरिएको बिबिसी हिन्दीले लेखेको छ । नयाँ पत्रिकाले छापेको छ ।

तस्बिरसँगै सेन्चुरी म्यागजिनले लेखेको छ, ‘विप्लव हाजराले जब यो फोटो खिचे, तब चिच्याइरहेका व्यक्तिको समूहले हात्तीमा आगोको अगुल्टो र पटका बर्साइरहेका थिए । विप्लवका अनुसार बच्चा हात्ती विपत्तिमा दौडिरहेका थिए ।’

तपाईको प्रतिक्रिया