चितवन। आगामी मंसिर २१ मा हुने निर्वाचनका लागि चितवनबाट चुनावी प्रतिस्पर्धामा रहेका मुख्य राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फको निर्वाचनको कु नेपालको संविधानले नै ३३ प्रतिशत सुनिश्चित गरिए पनि दल महिला उम्मेदवार उठाउन असफल भएका छन्। मुख्य गरी वाम गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) तथा लोकतान्त्रिक गठबन्धनमा सहभागी नेपाली काँग्रेस, राप्रपा (प्रजातान्त्रिक) लगायत दलले जिल्लाको तीन निर्वाचन क्षेत्रका नौवटै सिटमा महिला सहभागी गराएनन्। एक कानून व्यवसायी फूलमाया रानाभाट संविधानले नै प्रत्याभूत गर्दासमेत दलले महिला नउठाउनु संविधानकै उल्लंघन भएको बताउँछन्। उनले प्रत्यक्षमा ३३ प्रतिशत महिला उठाउनुपर्ने र उनीहरुले नजितेमा पनि समानुपातिकमा राखेर प्रतिशत पु–याउनुपर्ने संविधानमा व्यवस्था रहेको जिकिर गरिन्।

चितवन जिल्लामा प्रतिनिधि सभातर्फ जम्मा दुई तथा प्रदेश सभातर्फ छ गरी आठ जनामात्रै महिला उम्मेदवार बनेका छन्। त्यही पनि स्वतन्त्र र अन्य साना दलबाट उम्मेदवारी परेको छ। जिल्लामा ९५ जना उम्मेदवार कायम भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनका सहायक निर्वाचन अधिकृत गेहेन्द्रराज पन्तको भनाइ छ। त्यसमा आठ महिला अर्थात् जम्मा ७ दशमलव ६ प्रतिशत मात्रै महिला सहभागिता देखिएको छ। कार्यालयले दिएको जानकारीअनुसार चितवन निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधि सभातर्फ कसैको पनि उम्मेदवारी परेको छैन । क्षेत्र नं २ मा राष्ट्रिय जनता पार्टी, नेपालबाट खैरहनी नगरपालिका–९ की रीता चौधरीको उम्मेदवारी परेको छ। यस्तै, क्षेत्र नं ३ मा प्रतिनिधि सभातर्फ भगवती प्रसार्इंले स्वतन्त्रमा उम्मेदवारी दिएकी छन्।प्रदेश सभातर्फ क्षेत्र नं १ को (क) मा नयाँ शक्ति पार्टीबाट खैरहनी नगरपालिका– ११ का भवानीदेवी घिमिरेले र ९ख० मा नेपाल मजदुर किसान पार्टीबाट रत्ननगर नगरपालिका वडा नं ९ का तुलसी सापकोटाले उम्मेदवारी दिएकी छन्।

निर्वाचन क्षेत्र नं २ को प्रदेश सभातर्फको (क) मा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी९राष्ट्रवादी० बाट कालिका नगरपालिका– ५ की ४१ वर्षीया बुद्धिलक्ष्मी स्याङतानको उम्मेदवारी परेको छ भने (ख) मा नेपाल मजदुर किसान पार्टीकी मेनुका थापामगर र नेकपा (माले)बाट भरतपुरका सरस्वती शर्मा पौडेल उठेकी छन्।चितवन क्षेत्र नं ३ को प्रदेश सभातर्फको ९क० मा नयाँ शक्ति पार्टी, नेपालबाट भरतपुर महानगरपालिका वडा नं १७ का ४० वर्षीया मक्कुमाया गुरुङको उम्मेदवारी परे पनि ९ख० मा भने महिला उम्मेदवार शून्य रहेको छ। संविधानको मस्यौदा समितिमा बसेर काम गर्नुभएका नेकपा (एमाले) चितवनका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेल प्रत्यक्षमा पनि महिलालाई उभ्याउने अभ्यास गर्न जरुरी रहेको औँल्याउछन्।

उनले महिला जित्दैनन् भन्ने सोच दलले हटाउनुपर्नेमा जोड दिए। चितवन क्षेत्र नं २ बाट उनी वाम गठबन्धनको प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत हुन्। उनले प्रत्यक्षतर्फ गठबन्धनबाट महिला उम्मेदवार नपरे पनि समानुपातिकबाट पूर्ति गरिने बताए। एमालेबाट पार्वती सिल्वाल र फूलमति चौधरीको नाम गएको र गठबन्धनको अर्को दल नेकपा माओवादी केन्द्रबाट समेत नाम परेको पोखरेल बताउँछन्। त्यसो त नेपाली काँग्रेसले समेत चितवनबाट कुनै महिलालाई पनि प्रत्यक्षतर्फ उम्मेदवार बनाएन। काँग्रेस चितवनका सचिव उत्तम जोशी प्रत्यक्षमा नपरेकाले समानुपातिकमा राखेको बताउँछन्।

संघीयतर्फ उमा अधिकारी, शान्ति परियार, विष्णुमाया परियार र प्रदेशतर्फ विनु पौडेल, गीता गुरुङ र गीता वाग्ले परेको उनले बताए।

यता, प्रत्यक्षतर्फ कुनै पनि सिटमा महिला नराखेको माओवादी केन्द्रले पनि समानुपातिकमा सिट सुरक्षित राखेको बताएको छ। केन्द्रका जिल्ला नेता ईश्वर सापकोटाले आवश्यक महिला समानुपातिकमा समेटिने बताए। चितवन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विविध परिस्थितिले नसमेटिएको र अन्य समानुपातिक तथा मनोनीतमा गरेर भए पनि गठबन्धनले ३३ प्रतिशत पु–याउने आश्वासन दिनुभएको जिल्ला नेत्री संगीता भट्टराईले जानकारी दिए।

तपाईको प्रतिक्रिया