ताजा खबर :- आयुर्विज्ञान र आधुनिक साइन्सका अनुसार, हाम्रो निधार(Forehead) मा मस्तिष्कको थुप्रै कार्यहरूको सेन्टर हुनेगर्छ । यहाँ ध्यान वा हल्का हातले मसाज गर्नाले यो सेन्टर सक्रिय हुन्छ र पुरा शरीरलाई फाइदा पुग्छ । आयुर्वेदिक र पारम्परिक चाइनिज हेल्थ सिस्टममा पनि निधारको सेन्टरमा मसाज गर्नाले फाइदा हुने बताइएको छ । निधारको बीच भाग योग परम्परामा आद्य चक्रको नामले पहिचान गर्ने गरिन्थ्यो । यहाँ मसाज गर्नाले हाम्रो मस्तिष्क शक्तिशाली हुन्छ, शरीरको बाँकी भागमा पनि सकारात्मक असर हुन्छ ।

मसाज कसरी काम गर्छ ? निधारको यस भागमा जब मसाज गर्नुहुन्छ तब त्यहाँको रक्तसंचार बढ्छ । यसबाट मसल्सको समस्या कम हुन्छ र मस्तिष्कमा एन्डोरफिन(Endorphin) नामक केमिकल निर्माण हुन्छ । एन्डोरफिन यस्तो केमिकल हो, जसले शरीरमा दुखाई महसूसको काम गर्छ । यसबाट शरीरलाई आराम महसूस हुन्छ ।

४५ सेकेण्डको मसाजले मिल्ने ७ फाइदा

१-तनाव कम हुन्छ ।

२-मस्तिष्क शान्त हुन्छ ।

३-टाउको दुख्ने समस्या कम हुन्छ ।

४-थकान महसूस कम हुन्छ ।

५-अनिन्द्राको समस्याबाट छुटकारा मिल्छ  ।

६-साइनसको समस्यालाई फाइदा पुर्याउँछ ।

७-बन्द नाक खुल्छ ।

तपाईको प्रतिक्रिया