ताजा खबर :- भिटामिन भोजनको त्यो पदार्थ हो, जुन सबै जीवहरूलाई आवश्यक हुन्छ । यी कार्बनिक यौगिक हुन्छन् । यस यौगिकलाई भिटामिन भनिन्छ । जुन शरीर द्वारा प्रयाप्त मात्रामा उत्पन्न हुँदैन, यसकारण यसलाई आहारको रूपमा लिनुपर्दछ । चिकित्सकका अनुसार कयौँ रोगहरूको कारण भिटामिनको कमीले हुनसक्छ, यसले हरेक वर्ग र उमेरको मानिसलाई प्रभावित गर्छ । भिटामिन “K” र भिटामिन E पनि हाम्रो शरीरको लागि आवश्यक हुन्छ ।

भिटामिन “E”

हाम्रो शरीरको लागि सबै भिटामिन्सको आफ्नो-आफ्नो महत्व हुन्छ, तर भिटामिन E को भूमिका ती मध्य केही विशेष हुन्छ । चाहे शरीरको रोग प्रतिरोधक क्षमता बलियो बनाई राख्न वा एलर्जीबाट बचाई राख्न र कोलेस्ट्रोललाई नियन्त्रित राख्न यी सबैका लागि यो निकै आवश्यक हुन्छ । यसको कमीले विभिन्न प्रकारको लक्षण पनि देखा पर्छ ।

कसलाई कति भिटामिन “E” को आवश्यक

भिटामिन “E” को आवश्यकता सबैको लागि अलग-अलग हुन्छ । गर्भावस्थामा स्तनपान र रोगहरूको आधारमा पनि यसको मात्रा कम र अधिक गरिन्छ । सामन्यतय: नवजात शिशु देखि छ महिनासम्मका लागि ४ मिग्रा/दिन, शिशु ७-१२ महिना ५ मिग्रा/दिन, १-३ वर्ष ६ मिग्रा/दिन, बच्चा ४-८ वर्ष ७ मिग्रा/दिन, बच्चा ९-१३ वर्ष ११ मिग्रा/दिन, १४ वर्ष र यो भन्दा बढी उमेर समूहका मानिसलाई १५ मिग्रा/दिन, स्तनपान गराउने महिलाहरूलाई १७ मिग्रा/दिन आवश्यक हुन्छ ।

भिटामिन “E” को कमीले हुनसक्ने नोक्सान

यदि शरीरमा भिटामिन E को कमी हुन्छ भने यसको कारणले शरीरको अंग सही तरिकाले काम गर्दैन । भिटामिन “E” रगतमा पनि पाईन्छ र यसको कमीले शरीरको अक्सीजन प्रयाप्त मात्रा प्राप्त हुँदैन र अंग पूर्ण रूपमा सक्रिय रहँदैन । यसको कारण शरीरको अंगहरूको सन्तुलन पनि बिग्रन सक्छ ।

भिटामिन “K”

हाम्रो शरीर भिटामिन “K” को प्रयोग रगतको थक्का बनाउन अर्थात् ब्लड क्लोटिंगको लागि गरिन्छ । जसबाट चोट लाग्ने वा कुनै अन्य कारणहरूले हुने ब्लीडिंगबाट बचाउँछ । यो हरियो सागपातमा पाइन्छ । यसबाट धमनीमा क्याल्शियमलाई जम्नबाट रोक्न मद्दत गर्छ । यसको भरिपूर्ण सेवन गर्नाले बुढोपनको समस्यालाई कम गर्छ । एडल्ट पुरुषहरूले नियमित लगभग १२० माइक्रोग्राम र महिलाहरूलाई लगभग ९० माइक्रोग्राम भिटामिन K को आवश्यक हुन्छ ।

भिटामिन “K” को कमीले हुनसक्ने नोक्सान

भिटामिन “K” ब्लड कलोटिंगमा मद्दत गर्छ । यसको कमीले ब्लडको कलोटिंग हुँदैन अर्थात् थक्का बन्न सक्दैन र चोट लाग्दा वा कुनै अप्रेशनको क्रममा हेभी ब्लीडिंग हुनसक्छ र मृत्यु पनि हुनसक्छ । यसको साथै यसको कमीले ब्लड भेसल्समा क्याल्शियम जम्न सक्छ ।

तपाईको प्रतिक्रिया