कटहर फल हो वा सब्जी यस विषयलाई लिएर मानिसमा मतभेद रहेको पाइन्छ । कतिपय मानिसले फल मान्छन् भने कतिपयले यसलाई सब्जी रूपमा सेवन गर्ने गर्दछन् । तर कटहर कयौँ औषधीय गुणहरूले भरिपूर्ण हुन्छ । कटहरको वानस्पतिक नाम आर्टोकार्पस हेटेरोफिल्लस हो । कटहरमा कयौँ पौष्टिक तत्व पाईन्छ, जस्तै:- भिटामिन A,C, थाइमिन, पोटाशियम, क्याल्शियम, राइबोफ्लेभिन, आइरन, नियासिन र जिंक । यति मात्र होइन यसमा प्रशस्त फाइबर पनि पाईन्छ । यहाँ हामी तपाईलाई कटहरमा पाइने पोषक तत्वहरू र यसबाट प्राप्त हुने १० यस्ता फाइदाको बारेमा बताउँदै छौँ, जसको जानकारी पश्चात् तपाईले कटहर पहिले भन्दा बढी रुचाउन थाल्नुहुन्छ ।

१-मुटु स्वस्थ राख्छ,

कटहरमा क्यालोरी हुँदैन । यो मुटु रोगीहरूको लागि उपयोगी मानिन्छ । कटहरमा पोटाशियम पाईन्छ, जुन मुटुको हरेक समस्यालाई हटाउँछ किनकि यसले ब्लड प्रेशरलाई कम गर्छ ।

२-रक्संचार बढाउँछ

कटहरमा निकै रेशेदार हुन्छ र यसमा भरिपूर्ण मात्रामा आइरन पाईन्छ । यसले एनीमियाको समस्यालाई कम गर्छ । शरीरमा रक्तसंचार बढाउँछ ।

३- डाइजेशन सन्तुलित रहन्छ,

कटहरको सेवनले अल्सर र पाचन सम्बन्धि समस्यालाई कम गर्छ । कब्जियतको समस्याबाट मुक्ति पाउनका लागि यो निकै फाइदाजनक हुन्छ । कटहरको पात पनि अल्सरको उपचारको लागि निकै उपयोगी हुन्छ । हरियो ताजा पातलाई धोएर सुकाउनुहोस् । सुकेपछि पातको पाउडर तयार गर्नुहोस् । पेटको अल्सरबाट ग्रस्त व्यक्तिलाई यस पाउडर खुवाउनुहोस् । अल्सरको समस्याबाट आराम मिल्छ ।

४-अस्थमा, थायराइड र इन्फेक्शनको आशंका हट्छ,

कटहरको जरा अस्थमा रोगीहरूको लागि लाभदायक मानिन्छ । यसको जरालाई पानीको साथमा उमालेर बचेको पानी छानेर सेवन गर्नाले अस्थमा नियन्त्रण गर्न सकिन्छ । थायराइडको लागि पनि कटहर उत्तम हुन्छ । यसमा पाईने सूक्ष्म खनिज र कपर थायराइड चयापचयको लागि प्रभावशाली हुन्छ । यहाँ सम्म कि यसले ब्याक्टेरियल र भाइरल इन्फेक्शनबाट पनि बचाउँछ ।

५-हड्डीलाई बलियो र शरीरको इम्यूनिटी बढ्छ,

हड्डीको लागि कटहर निकै गुणकारी हुन्छ । यसमा पाईने म्याग्नेशियम हड्डीलाई बलियो बनाउँछ र अस्टियोपोरोसिसको समस्याबाट बचाउँछ । यति मात्र होइन यसमा भिटामिन C र A पाईन्छ । यही कारण हो कि शरीरको इम्यूनिटी बढाउनमा मद्दत गर्छ ।

६- जोर्नीको दुखाई

कटहरको बोक्राबाट निस्कने दूध यदि सूजन, घाउ र काटिएको अंगमा लगाउँदा आराम मिल्छ । यस दूधले जोर्नीमा मालिश गरियो भने जोर्नीको दुखाईबाट आराम मिल्छ ।

७-मुखको छालामा असरदार

मुखमा पटक-पटक छाला निस्कने समस्या हुँदा कटहरको काँचो पातलाई चपाएर थुक्नु पर्दछ । यसले छालालाई ठिक गर्छ । यसमा पाईने कयौँ खनिज हार्मोन्सलाई पनि नियन्त्रित गर्छ ।

८-आँखाको रोशनी बढ्नुको साथै ताजापन महसूस

पाकेको कटहरको पल्पलाई राम्रो सँग मिक्स गरेर पानीमा उमालेर पिउँदा ताजापन आउँछ । कटहरमा भिटामिन ए पाईन्छ, जसले आँखाको रोशनी बढ्छ र त्वचा निखारिन्छ ।

९-अनुहारको चमक बढ्छ

कटहरको बियाँको पाउडर बनाएर यसमा थोरै मह मिलाएर अनुहारमा लगाउँदा अनुहार सफा हुन्छ र दाग-धब्बा हट्छ । जो मानिसको अनुहार रुखो र मृत हुन्छ, ती मानिसहरूले कटहरको रस आफ्नो अनुहारमा लागाउनु पर्दछ । यसको मसाज तब सम्म गर्नुहोस् जबसम्म यो सुख्खा हुँदैन । थोरै समयपछि आफ्नो अनुहार सफा पानीले धुनुहोस् ।

१०-चाउरीपनको समस्याबाट छुटकारा

चाउरीपनको समस्याबाट आराम पाउनका लागि कटहरको पेस्ट बनाएर यसमा एक चम्मच दूध मिलाएर बिस्तारै-बिस्तारै अनुहारमा लगाउनु पर्दछ । यसपछि गुलाब जल वा चिसो पानीबाट अनुहार सफा गर्नुहोस् । नियमित रूपले यसो गर्नाले अनुहारको चाउरीपनको समस्याबाट छुटकारा मिल्छ ।

तपाईको प्रतिक्रिया