ताजा खबर :- स्वस्थ रहनको लागि कम्तीमा ८ घण्टाको निन्द्रा पुरा गर्न आवश्यक हुन्छ, यो सबैलाई जानकारी भएकै कुरा हो । तर यदि तपाई कम्तीमा ८ घण्टाको पुरा निन्द्रा पुरा गर्नु हुँदैन भने तपाईको स्वास्थ्यमा कुन-कुन नोक्सान हुनसक्छ, यो सायदै तपाईलाई जानकारी नहोला । जान्नुहोस्, यी ५ नोक्सान जुन नियमित ८ घण्टाको निन्द्राको कमीले हुन्छ ।

१-जब हामी सुतिरहेका हुन्छौँ तब हाम्रो शरीरमा केही सकारात्मक परिवर्तन हुन्छ, जसमा हाम्रो विकास, सुधार, कोशिकाहरूलाई आराम एवम् मानसिक विकास आदि । तर प्रयाप्त निन्द्राको कमीले तपाईले यो लाभ प्राप्त गर्न सक्नुहुँदैन ।

२-यदि तपाई प्रयाप्त निन्द्रा पुरा गर्नु हुन्न भने यो तपाईको मानसिक क्षमता र स्मरण शक्तिको लागि निकै खतरनाक सावित हुन्छ । तपाईको स्मरण शक्ति कम हुन्छ, यहाँ सम्म कि तपाईलाई भूल्ने रोगहरू पनि हुनसक्छ ।

३-तनाव एवम् मानसिक समस्याहरूको शिकार प्रायजसो ती मानिस हुन्छन्, जसले प्रयाप्त मात्रामा निन्द्रा पुरा गर्दैनन् र मस्तिष्कलाई सही मात्रामा आराम मिल्न सक्दैन ।

४-निन्द्राको कमी हुँदा शरीर एवम् दिमागलाई पूर्ण रूपमा आराम मिल्दैन, जसको कारण शारीरिक दुखाई जस्ता अन्य समस्या उत्पन्न हुन्छ । यसको साथै टाउको भारी हुनु र चिडचिडापनको समस्या हुनु पनि सामान्य कुरा हो ।

५-तपाईको पाचन तन्त्रलाई पनि कम निन्द्राले निकै प्रभाव पार्छ । यदि तपाई पर्याप्त निन्द्रा लिनुहुँदैन भने पाचन शक्ति कमजोर हुन्छ, जसको कारण तपाईको पेट सफा हुँदैन र कब्जियतको समस्या निम्तिन्छ ।

तपाईको प्रतिक्रिया