ताजा खबर :- डन्डीफोर सामान्यतय: किशोरावस्था हुन्छ तर यो ३० देखि ३५ वर्षको उमेरमा पनि हुनसक्छ । चिकित्सकका अनुसार, वर्तमान जीवनशैली र गलत खानपानको कारण किशोरावस्थाको साथै यूवाहरूमा पनि डन्डीफोरको समस्या बढ्दै गएको छ । डन्डीफोरको समस्या बढ्नुको पछाडी पनि मोबाइल जस्ता गेजेट्सको पनि ठूलो हात छ । डन्डीफोर हुने र बढ्ने केही कारणहरू यस्ता छन् ।

किन हुन्छ, डन्डीफोर?

१-जेनेटिक

जसको आमा-बुवालाई डन्डीफोरको समस्या छ, उनीहरूलाई पनि यो समस्या हुने सम्भंवाना बढ्छ ।

२-प्रदुषण

धूलो, धुवाँ र प्रदुषणको कारण स्किनको पोर्स बन्द हुन्छ । यसबाट डन्डीफोरको समस्या हुनसक्छ ।

३-फूड वा ड्रिंक

अधिक तेल-मसालेदार, बोसोयुक्त र जंक फूड खाँदा स्किनमा ओयल बढ्छ, जसको कारण डन्डीफोरको समस्या हुनसक्छ ।

४-मेक-अप

अधिक समय सम्म हेभी मेक-अप लगाएर राख्दा स्किनको पोर्स बन्द हुनसक्छ र डन्डीफोरको समस्या हुनसक्छ ।

५-चाया

टाउको ओयली स्किनबाट निस्कने चाया अनुहार र काँधमा जम्मा हुन्छ । यसबाट डन्डीफोर हुनसक्छ ।

६-स्किन टाइप

जुन मानिसको स्किन बढी ओयली हुन्छ, उनीहरूलाई डन्डीफोर हुनसक्ने सम्भावना अरूको तुलनामा बढी हुन्छ ।

७-मेडिसिन्स

हार्मोनल समस्या, डिप्रेशन जस्ता कयौँ समस्याको मेडिसिन्सको साइड इफेक्टको कारण डन्डीफोर हुनसक्छ ।

८-स्क्रब

अनुहारमा बढी समय सम्म स्क्रब रगड्दा, राम्रो क्वालिटीको साबुन प्रयोग नगर्दा पनि डन्डीफोरको समस्या हुनसक्छ ।

९-पीरियड्स

पीरियड्स भन्दा पहिले र अवधिमा महिलाहरूमा हार्मोनल परिवर्तन आउँछ । यसको कारण पनि डन्डीफोरको समस्या हुनसक्छ ।

१०-जीवनशैली

चुरोट, जाँडरक्सीको सेवन, एक्सरसाइज नगर्ने, कम पानी पिउने, अनुहार नधुने आदिको कारणले पनि डन्डीफोर आउन सक्छ ।

डन्डीफोरको समस्या बढाउन सक्छ, यी चीज

१-मोबाइल

मोबाइलमा जम्मा ओयल र फोहोरको कारण अनुहारको एक तर्फ डन्डीफोर हुनसक्छ ।

२-टच

डन्डीफोरमा पटक-पटक हात लगाउँदा वा यसलाई निचोर्ने र निकाल्दा समस्या बढ्न सक्छ ।

३-कब्जियत

पेट सफा नहुनु र कब्जियतको समस्या हुँदा डन्डीफोरको समस्या बढ्न सक्छ ।

४-स्ट्रेस

स्ट्रेसको कारण शरीरमा हर्मोन्सको सन्तुलन खराब हुन्छ । यसबाट डन्डीफोर बढ्न सक्छ ।

५-फेयरनेस क्रिम

बजारमा उपलब्ध कयौँ फेयरनेस क्रिम्समा पाईने केमिकल्स डन्डीफोरको समस्या बढाउन सक्छ ।

तपाईको प्रतिक्रिया