ताजा खबर :- अत्यधिक तनावमा रहनु, अस्वस्थकर आहारको सेवन र शारीरिक क्रियाकलाप बढी गर्दा नसा कमजोर हुनथाल्छ । चिकित्सकका अनुसार, यस समस्याबाट मुक्ति पाउनका लागि केही उपाय अपनाउन आवश्यक हुन्छ । यसबाट कमजोरी हट्छ र शक्ति मिल्छ । यस्ता ८ उपाय छन्, जसको सकारात्मक असर केवल सात दिनमै देखिन थाल्छ ।

नसा कमजोर हुनसक्ने लक्षणहरू-

-नसाको कमजोरीका कारण स्मरण शक्ति कम हुन्छ । यसको नकारात्मक असर स्मरण शक्तिमा पर्दछ ।

-शरीरमा कमजोरी हुँदा टाउको दुख्ने समस्या बनिरहनु । यदि यो समस्या बढेमा पटक-पटक चक्कर आउँछ । कयौँ पटक आँखाको आगाडी अँध्यारो छाउँछ ।

-नसाको कमजोरीको नकारात्मक असर पेटमा पर्छ । यसबाट कब्जियत जस्ता पेटको समस्या बढ्छ । प्रायजसो डाइजेशन खराब रहन थाल्छ ।

-कमजोरीको कारणले प्रयाप्त निन्द्रा लाग्दैन । यसबाट दिनभरि शरीर सक्रिय हुँदैन ।

-कमजोरीको कारणले मुटुको धडकन बढ्ने वा कम हुनथाल्छ । यसको कारणले BP लो वा हाई हुनसक्छ ।

-जब नसा कमजोर हुन्छ तब रगतको कमी(एनिमिया) हुने आशंका बढ्छ । समयमै यस समस्यामा ध्यान राख्न सकिएन भने अन्य रोगहरूको सम्भावना बढ्छ ।

नसाको कमजोरी हटाउने यस्ता छन्८ उपाय

१-अंजीरलाई पानीमा भिजाएर खाँदा शक्ति मिल्छ । दिनहुँ बिहान अंजिर युक्त दूध पिउँदा फाइदाजनक हुन्छ ।

२-अंजीर र सौफलाई एकैसाथ मिलाएर खाँदा नसाको कमजोरी हट्छ ।

३-बदाम, अंजीर र किशमिशलाई एकैसाथ पानीमा भिजाउनुहोस् । बिहान यसको पानी पिउँदा तुरुन्त शक्ति प्राप्त हुन्छ ।

४-दूधमा किशमिश हालेर खानुहोस् । यसबाट नसाको कमजोरी हट्छ । यदि दूध मन पर्दैन भने किशमिशलाई पानीमा भिजाएर खाँदा पनि फाइदाजनक हुन्छ ।

५-दिनहुँ स्याउको साथमा मह खानुहोस् । यसबाट शक्ति मिल्छ ।

६-खजुरलाई मख्खनको साथ खाँदा शक्ति मिल्छ । खजुर र दूधलाई एकैसाथ सेवन गर्दा निकै फाइदाजनक हुन्छ ।

७-कालो मरिचलाई पिसेर यसमा मह मिलाएर सेवन गर्नुहोस् । यसको सेवनले कमजोरी हट्छ र शक्ति बढ्छ ।

८-दिनहुँ केरा खाएर दूध पिउँदा शरीरलाई शक्ति मिल्छ ।

तपाईको प्रतिक्रिया