ताजा खबर :- आजकल समयको कमीका कारणले सुन्दरताको हेरचाह गर्न कठिन हुने गर्छ यस्तो स्थितिमा अनुहारमा ती चीजको प्रयोग गर्नुहोस्, जसलाई कम समयमै सजिलै तयार गर्न सकिन्छ । यसकारण ब्यूटी एक्सपर्ट्सका अनुसार, एलोभेरा जस्ता प्राकृतिक चीज लगाउँदा त्वचाको स्तर सन्तुलित रहन्छ र त्वचा गोरो हुन्छ । आज हामी चर्चा गर्दैछौँ, फेयरनेस बढाउने यी तीन उपाय र साथै यी तीन चीजहरूलाई अनुहारमा लगाउनु भन्दा अघि केही कुरामा विशेष ध्यान राख्न आवश्यक हुन्छ ।

१-एलोभेराको जेल अनुहारमा लगाउनुहोस् । यसलाई सुकेपछि धुनुहोस् ।

फाइदा- यसमा एन्टी ब्याक्टेरियल, एन्टी इन्फ्लेमेटरी गुणहरू हुन्छ । यसले मृत त्वचालाई निकाल्छ, जसको कारण त्वचाको रंग गोरो हुन्छ ।

२-नरिवलको पानीलाई कटनको मद्दतले अनुहारमा लगाउनुहोस् । यसलाई १० मिनेट पछि धुनुहोस् ।

फाइदा- यसले त्वचालाई नरम बनाई राख्छ । यसमा पाईने एन्टी माइक्रोबियल गुणहरूले मृत त्व्चालाई हटाउँछ र फेयरनेस बढाउँछ ।

३-कागतीको रसमा गुलाब जल मिलाएर अनुहारमा लगाउनुहोस् र यसलाई सुकेपछि धुनुहोस् ।

फाइदा- यसबाट त्वचाको रंग गोरो हुन्छ । यसमा पाईने भिटामिन्स, मिनरल्स चाउरीपनको समस्याबाट बचाउँछ ।

यी उपाय अपनाउनु भन्दा पहिले यी कुरामा विशेष ध्यान पुर्याउनुहोस्,

१-बजारमा उपलब्ध हुने एलोभेरा क्रिममा मिलावटको सम्भावना रहन्छ । यो भन्दा राम्रो ताजा एलोभेराको जेल प्रयोग गर्नुहोस् ।

२-बढी समय सम्म राखिएको नरिवलको पानीको प्रयोग गर्नबाट बँच्नुहोस् । यसबाट नकारात्मक असर पर्नसक्छ ।

३-कागतीको रसलाई डाइल्यूट नगरी लगाउनु हुँदैन् । यसबाट डन्डीफोर वा रेशेज हुनसक्छ ।

तपाईको प्रतिक्रिया