काठमाडौँ । हामी दिनहुँ दाँत माझ्छौँ । जिब्रोको सफाइमा भने उति ध्यान पु¥याइरहेका हुँदैनौँ । जिब्रोमा जम्मा हुने सेतो पत्रले सास गनाउने समस्या उत्पन्न गराउँछ । साथै, स्वाद थाहा पाउन, शुद्धसँग उच्चारण गर्नसमेत यसको सफाइमा ध्यान पु¥याउनुपर्छ ।

‘टङ क्लिनर’ बजारमा प्लास्टिकका ‘टङ क्लिनर’ पाइन्छन् । ब्रस गरिसकेपछि यसले बिस्तारै जिब्रो सफा गर्नुपर्छ । तर, जोडले रगड्नु भने हुँदैन ।

नुन जिब्रोमा जमेको सेतो पत्र र ब्याक्टेरिया हटाउन नुन ज्यादै उपयोगी हुन्छ । यसमा ‘एन्टिसेप्टिक’ गुण हुन्छ । जिब्रोमा अलिकति नुन छरेर ब्रसले हल्कासँग ‘स्क्रब’ गर्नुपर्छ । सातामा दुईपटक यसो गरे जिब्रो ब्याक्टेरियारहित हुन्छ ।

नुनपानी मनतातो पानीमा नुन हालेर सातामा दुईपटक कुल्ला गर्नाले जिब्रो सफा हुनुका साथै यसमा जम्मा भएका ब्याक्टेरियाबाट मुक्ति पाइन्छ ।

दही खानासँग दही खाने गर्नाले ‘क्यान्डिडा फंगस’का कारण जिब्रोमा जमेको सेतो पत्र हट्छ र सास पनि शुद्ध हुन्छ ।

‘भेजिटेबल ग्लिसरिन’ मुख सुक्खा हुँदा जिब्रो फोहोर हुने र सास गनाउने गर्छ । यसबाट मुक्ति पाउन बजारमा पाइने भेजिटेबल ग्लिसरिन ल्याएर जिब्रोमा अलिकति हाली ब्रसले हल्का रगडेर मनतातो पानीले कुल्ला गर्नुपर्छ । दिनमा दुईपटक यसो गर्नाले जिब्रो सफा हुनगई यो गुलाबी रङको देखिन थाल्छ ।

नरिवलको तेल बिहान ब्रस गर्नुअघि नरिवलको तेल मुखमा हालेर केही समयसम्म कुल्ला गर्नुपर्छ । त्यसपछि मनतातो पानीले कुल्ला गर्नुपर्छ । हरेक बिहान यसो गर्ने हो भने जिब्रो सफा हुन्छ र सास गनाउने समस्या पनि हटेर जान्छ ।

घ्यूकुमारीको रस घ्यूकुमारीको रसमा जिब्रो र मुखमा रहेका ब्याक्टेरिया हटाउने गुण हुन्छ । एक चम्चा एलोभेराको रस मुखमा लिएर केही बेर राख्ने र केही बेर कुल्ला गरी यसलाई थुकिदिने । त्यसपछि एक चम्चा एलोभेरा जुस पिउने । दुई हप्तासम्म मात्रै यसो गर्नुभयो भने पनि सास गनाउने र जिब्रो फोहोर हुने समस्या हटेको महसुस गर्नुहुनेछ । स्वास्थ्य खबरपत्रिकाले छापेको छ ।

बेसार बेसारमा पनि ब्याक्टेरियानाशक तत्व हुने भएकाले जिब्रो सफा गर्न यसको प्रयोग गरिन्छ । यसका लागि आधा चम्चा बेसारमा कागतीको रस मिलाएर पेस्ट तयार गरी केही बेर जिब्रो ‘स्क्रब’ गरी कुल्ला गर्नुपर्छ । आधा चम्चा बेसारलाई पानीमा घोलेर कुल्ला गर्नाले जिब्रो सफा भई गुलाबी देखिनथाल्छ ।

तपाईको प्रतिक्रिया