ताजा खबर :- नायिका ऋचासिंह ठकुरी निर्मात्री बनिसकेकी छिन् । ऋचा मङ्सिर २९ गते बाट प्रदर्शनमा आउने भनिएको फिल्म ‘सुपर गोर्खे’बाट निर्मात्री बनेकी हुन् । ‘नाइँ नभन्नु ल’ डेब्यू गर्ल ऋचासिंह ठकुरी यस फिल्ममा पनि मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् ।

राज थापाको निर्देशनमा बनेको फिल्म ऋचाकै प्रोडक्सन कम्पनि ‘अबिर हाउस प्रोडक्सन’को ब्यानरमा तयार भएको हो । टिजर समेत सार्वजनिक भइसकेको फिल्म ‘सुपर गोर्खे’मा ऋचा र राजसँगै सुरजसिंह ठकुरी, निराजन लुइँटेल, भुपेन्द्र क्षेत्री, भानु विष्ट, सचिन केसी, उत्तम विष्ट लगायतको मुख्य भूमिका रहेको छ ।

अहिले प्रचार प्रसारमा ब्यस्त रहेको ‘सुपर गोर्खे’ टिमसंग गरिएको कुराकानी भिडियोमा :

तपाईको प्रतिक्रिया