काठमाडौँ । श्रीमान् श्रीमतीले एक अर्काको माया र कामको मर्मलाई नबुझे जीवनले गति लिन सक्दैन । प्रेमी प्रेमीकाले एक अर्कामा प्रेमको भाषा नबुझ्दा भोग्नु परेको कठीनाईलाई देखाउन खोजेको गीतकार इश्वर श्रेष्ठको गीतमा गायक रामकृष्ण ढकाल गज्जबसँग बगेका छन् । जसमा दीपक शर्माको संगीत तथा नरेन्द्र बियोगीको एरेन्ज रहेको छ ।

पछिल्लो समयकी चर्चित मोडल रिमा विश्वकर्मा र विकाश लामीछानेले जीवन्त शैलीमा अभिनय गरेको भिडियोलाई निर्देशक युवराज वाइवाले निर्देशन गरेका हुन् । उत्सब दाहालको छायांकन रहेको गीतमा निशान घिमिरेको सम्पादन रहेको छ ।

तपाईको प्रतिक्रिया