नेपालगन्ज । मुलुक चुनावमय भइरहेका बेला भारतबाट नेपाल आउँदै गरेका एक व्यक्तिलाई बुधबार एअर पेस्तोल र त्यसमा प्रयोग हुने ४५ ओटा गोलीसहित प्रहरीले पक्राउ गरेको छ । बाँकेको नेपाल–भारत सीमानाकास्थित इलाका प्रहरीचौकी जमुनहाले जाँच गर्नेक्रममा सल्यान, थारमारे नगरपालिका–७ का रमेश योगीको साथबाट सो पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ । यसैबीच, सोही नाका भएर नेपाल प्रवेश गरेका बाँके जिल्ला राप्ती–सोनारी गाउँपालिका–२ का २४ वर्षीय दिलीप रोकाबाट प्रहरीले लागुऔषध ‘निटराभेट’ बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया