नेपालगन्ज २२ कार्तिक । किसानले आफुले उत्पादन गरेको खाद्यन्नको मुल्य निर्धारण आर्फ गर्न पाउनुपर्ने माग गरीएको छ । राष्ट्रिय किसान आयोगले बाँकेको खजुरामा आयोजना गरेको अभिमुखिकरण गोष्ठीमा बोल्दै प्रदेश नं. ५ का किसानहरुले उत्पादन गरेको खाध्यान्नको मुल्यको निर्धारण किसानको मातहतमा हुनुपर्ने माग गरे । कार्यक्रममा उपस्थित बक्ताले मुल्य निर्धारण गर्न किसान आफै अग्रसर हुनु आवश्यक रहेको उल्लेख गरेका छन । निति बोलीमा मात्र सिमित रहेको भन्दै व्यवहारमा पनि उतारे किसानको अधिकार सुनिश्चीत हुने कार्यक्रममा जोड दिइएको थियो । आयोगका अध्यक्ष चित्र बहादुर श्रेष्ठको अध्यक्षतामा भएको अभिमुखीकरणमा बोल्दै एमाले बाँकेका अध्यक्ष असोक कोइरालाले विज्ञले दिएको सुभलावलाई सरकार र राजनैतिक दलले कार्यानयन गर्नुपर्ने बताए । कोइरालाले कृषकले सबैको ज्यान जोगाउने काम गरेकाले सबैले सम्मान गर्नपर्ने बताए । उनले किसानलाई माथि उठाउन नसक्दा उपादकत्व बस्तुले उचित मुल्य नपाएको उल्लेख गरे । नेकपा माओबादी केन्द्र्र बाँकेका सह सम्योजक प्रकाश सुवेदीले आगामी निर्वाचन पछि सरकारले किसानको उत्पादकत्वको मुल्यको निर्धारणको जिम्मा किसानलाई दिने बाताबरण तयार गर्न आवश्यक रहेको बताए । अहिले किसानले उत्पादन गरेको उत्पादनले मुल्य नपाएको बताउदै सह सम्योजक सुवेदिले कृषि पेसा जबसम्म सम्मानित हुन सक्दैन तब सम्म किसानको प्रगती नहुने उल्लेख गरे ।

राष्ट्रिय किसान आयोगका सदस्य तथा पुर्व कृषि सचिव उदयचन्द्र ठाकुरले अधिकास किसान र उपभोक्ताहरु स्वच्छ खानेकुरा खानबाट बन्चित रहेको बताउदै किसानको अधिकार सुनिश्चित गर्न राज्य गम्भिर हुनुपर्ने औलाए । आयोगका सदस्य सचिव तेज बहादुर सुवेदीले जनसङख्या वृद्धि सगै भोको पेटको सङख्या बढ्दै गएको बताए । सदस्य सचिव सुवेदीले कृषि उत्पादकत्व कम, सानो फार्म, पछौटे प्रविधि, जलबायु परिवर्तनका कारणले पनि कृषि विकासमा चुनौति थपिदिएको उल्लेख गरे । खुला सिमाना, महिला प्रधान कृषि, पुर्वाधार विकासको कारण पनि कृषि विकासको बाधक बनेको सुवेदीले बताएका छन । कार्यक्रममा प्रदेश नम्बर पाँचका कृषि तथा पशुसेवा अन्तरगर्तका कार्यालय प्रमुख, अगुवा किसान, राजनैतीक दलका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया