नेपालगन्ज २२ कार्तिक । देश राजनितीक मुद्धाभन्दा विकासका मुद्धामा केन्द्रित हुन सुरु हुँदै गर्दा विकासवारे विभिन्न दृष्टिकोणबाट बहस सुरु भएका छन् । अनेक बहसमध्ये विकासलाई मानवअधिकारका दृष्टकोणबाट पनि विशलेषण गर्न थालिएको छ । विकासलाई मानवअधिकारका दृष्टिकोणले हेर्दै गर्दा वातावरणमैत्रि विकासको आवश्यकतालाई मध्यनजर गरिनु आवश्यक रहेको एक कार्यक्रमका सहभागीले औलाए । वातावरण मैत्रि विकासको अवधारण अब हुने विकास कार्यमा अनिवार्य अवलम्बन गर्नुपर्नेमा सहभागीले जोड दिए ।

बुधबार नेपालगन्जमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालयले आयोजना गरेको वातावरण प्रदूषण र वातावरण मैत्री विकासको अवस्था विषयक अन्तरक्रियाका सहभागीले यस्तो वताएका हुन् । उनिहरुले प्रदुषणरहित वातावरण निर्माणमा सवैको भूमिका महत्वपुर्ण हुने वताएका छन् । बाँकेको खजुरा गाउँपालीका वडा नं. ३ मा ४० वर्षअघि कर्णाली डिस्टिलरि स्थापना हुँदा त्यस डिस्टिलरिले भविष्यमा उत्पन्न गर्न सक्ने वातावरिणय प्रभाववारे ध्यान दिइएन । जसको असर हाल त्यहाँका स्थानियले भोगिरहेका छन् । स्थापना हुँदा नै ध्यान नदिईँदा अहिले डिस्टिलरि उद्योग र स्थानियबिच संघर्ष छ भने उद्योगविरुद्ध मुद्धामामिला पनि भएका छन्, तर समस्या झन जटिल बन्दै छ । यता, नेपालगन्ज उपमहानगरपालीकाको औद्योगिक क्षेत्रमा अर्बाै लगानीमा उद्योग धन्दाहरु स्थापना भइसकेका छन् ।

उद्योगहरुसँगै जोडिएर घना वस्तिसमेत बसिसकेका छन् । जसको नजिकै नेपालगन्ज मेडिकल कलेज पनि स्थापना गरियो । पछिल्लो समय आएर अस्पतालका विरामी र आसपासका स्थानियमा औद्योगिक क्षेत्रका उद्योगकै कारण गम्भिर स्वास्थ्य समस्या देखिन सक्ने तथ्य अनुसन्धानले देखायो । त्यसकै कारण उद्योगहरु विस्थापीत गरिने हल्लाले उद्योगिहरुलाई बेलाबेलामा झस्काईरहने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य बताउछन । विकासले वातावरणसँग प्रत्यक्ष सरोकार राख्ने हुनाले अब हुने विकास निर्माणमा वातावरणलाई प्राथमितकतामा राख्नुपर्ने अधिवक्ता बल बहादुर चन्दको भनाई छ । विकासमा वातावरणको प्रभावलाई ध्यान दिईनु मानअधिकारसँग जोडिएको विषय भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले समेत चासो देखाएको छ । आजको विकासले आउने पुस्तालाई समेत असर गर्ने भएकोले यो विषय पुर्णतया मानवअधिकार सँग जोडिएको भनाई छ आयोगका सदस्य सुदिप पाठकको ।

अब, देश नै विकासको मुद्धामा केन्द्रित भइरहेका बेला वातावरणमैत्रि विकासको अवधारण अपनाइनुपर्ने पाठकले बताए । वातावरणमैत्रि विकास नहुनुको कारणले नै अहिले मानवजिवनमा अनेक स्वास्थ्यसंकट देखा पर्न थालेको वातावरण संरक्षणकर्मी हेमन्तराज काफ्ले बताउछन । काफ्ले हरेक व्यक्ती वातावरणप्रति संवेदनशिल हुनुपर्नेमा जोड दिए । इन्सेक क्षेत्रिय संयोजक भोला महत संरचनाको उचित व्यवस्थापन र अब हुने विकास निर्माणमा वातावरुण मैत्रि पद्धती र मानवअधिकारलाई केन्द्रमा राख्नुपर्ने भनाई राख्छन । आयोगका सदस्य सुदीप पाठकको प्रमुख आथित्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समीति बाँकेका संयोजक अजय श्रीवास्तव, प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, प्रहरी प्रमुख टेक वहादुर तामाङ लगातको सहभागीता रहेको थियो । वातावरण मैत्री विकास र मानअधिकारसँग विकासको सम्बन्ध वारे कार्यक्रममा अन्तक्रिया गरियो ।

तपाईको प्रतिक्रिया