काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनको सन्दर्भमा आमसभा, जुलुस, प्रचारप्रसारलगायतका कुनै पनि राजनीतिक क्रियाकलापमा बालबालिकाको प्रयोग नगर्न÷नगराउन राजनीतिक दल र उम्मेदवारलाई सुझाव दिनुभएको छ । बालशिक्षा र अधिकारको क्षेत्रका कार्यरत गैरसरकारी संघ संस्थाद्वारा प्रस्तुत नागरिक अपिल ग्रहण गर्दै उहाँले निर्वाचनको समयमा राजनीतिक दल र उम्मेदवारबाट हुनसक्ने बालबालिकाको प्रयोगलाई निरुत्साहन गर्न आयोगले सचेत पारेको बताउनुभयो । शिक्षक तथा अभिभावकलाई निर्वाचनमा बालकालिकाको प्रयोग हुनुहुन्न भन्ने सन्देश दिन जिल्ला तहमा सचेतना ¥याली निकाल्न सुझाव दिँदै आयुक्त डा यादवले शान्ति क्षेत्रको रुपमा रहेको विद्यालयमा राजनीतिक गतिविधि सञ्चालन गरिनु हुँदैन भन्नेमा आयोग दृढ रहेको उल्लेख गर्नुभयो ।

सो अवसरमा प्रस्तुत गरिएको नागरिक अपिलमा विद्यालय परिसरभित्र प्रचारप्रसार, भित्तेलेखन, जुलुस, राजनीतिक छलफल, अन्तक्र्रिया, गोष्ठी र सभा नगर्न, पठनपाठनलाई असर गर्ने कार्यक्रम नबनाउन, बालबालिकालाई राजनीतिक क्रियाकलापमा संलग्न नगराउन तथा विद्यालयको पठनपाठनलाई नियमित तुल्याउन सहयोग पु¥याउन आग्रह गरिएको छ । विद्यालयको कुनै पनि आर्थिक, भौतिक स्रोतसाधन तथा वस्तुलाई राजनीतिक प्रयोजनका लागि प्रयोग नगर्न, स्थानीय तहमा रहेका राजनीतिक प्रतिनिधिलाई शैक्षिक विकासका लागि पूर्ण जवाफदेही बन्न तथा विद्यालयको हाताभित्र कुनै पनि हातहतियारको प्रदर्शन गर्न नदिन पनि बालअधिकारका क्षेत्रमा कार्यरत संघ संस्थाले अपिल गरेका छन् । विद्यालय परिसरमा सम्भव भएसम्म मतदान केन्द्र नराख्न अपिल गरिए पनि अन्यत्र स्थान अभावका कारण अधिकांश विद्यालयमा नै मतदान सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था रहेको आयोगको तर्फबाट सो अवसरमा जानकारी गराइएको थियो । अपिल प्रस्तुत गर्न शिक्षाका लागि राष्ट्रिय अभियान, युनिसेफ, बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान, शिक्षा पत्रकार समूह र शिक्षा पत्रकार सञ्जालका प्रतिनिधि आयोग पुगेका थिए ।

तपाईको प्रतिक्रिया