काठमाडौं । चलचित्र ऐश्वर्य’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेकी सुन्दरी नायिका दीपिका प्रसाई आजबाट २१ वर्षमा लागीन् । २०५३ कात्तिक २२ गते कैलालीको धनगढीमा जन्मिएकी दीपिका बाल्यकालदेखि नै कला भनेपछि हुरुक्कै हुने गर्थिन् । २१ वर्षको कलिलो उमेरमा नै राम्रो अभिनय गरेर वाहवाही बटुलीरहेकी ऐश्वर्य’ गर्ल दीपिकाले आज आफ्नो २१ औँ जन्मदिन मनाइरहँदा चौतर्फी ऐश्वर्यमा गरेको दमदार अभिनयका कारण तारिफ बटुलिरहेकी छिन् । थुप्रै मोडलिङ र फेसन प्रतियोगितामा भाग लिइसकेकी दीपिका स्नातोकोत्र अध्ययन गर्दैछिन् । दीपिकाले ऐश्वर्यमा दमदार अभिनय देखाएसँगै उनलाई विभिन्न ठूला ब्यानरहरुबाट पनि कामको अफर आइरहेको बताइन्छ । ऐश्वर्य’मा रमेश उप्रेतीसँग अनस्क्रिन रोमान्स गरेकी पाँच फिट ८ इन्च अग्ली दीपिका एक चर्चित मोडल पनि हुन् ।

तपाईको प्रतिक्रिया