पर्वत – पर्वत क्षेत्र नं. १ का उम्मेदवार माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य नेत्र अधिकारी जलजला गाउँपालिका–८ नाङलीवाङमा कृषकको खेतमा हलो जोतेर मत माग्दैछन् । पर्वतमा बाम गठबन्धन र काँग्रेसको लोकतान्त्रिक गठबन्धनबिच कडा प्रतिस्पर्धा हुने देखिएको छ । लामो समयदेखि चुनाव जित्दै आएका नेपाली काँग्रेसका ह्याभी वेट नेता अर्जुन प्रसाद जोशी र बाम गठबन्धनका तर्फबाट पदम गिरीबिच तिब्र प्रतिस्पर्धा हुने देखिएको छ । यसअघि उक्त क्षेत्रमा काँग्रेसका जोशीले नै भारी मतले जित हाँसिल गरेका थिए । तस्बिर : लक्ष्मीप्रसाद सापकोटा / पर्वत

तपाईको प्रतिक्रिया