ताजा खबर :- गर्मी मौसममा बाहिरी तापक्रमको साथ-साथै शरीरको भित्रि तापक्रम पनि अधिक हुन्छ । यस अवस्थामा शरीरको पानी एवम् द्रव्य पदार्थको आवश्यकता पनि बढी हुन्छ, किनकि तापक्रममा सन्तुलन बनिरहोस् । तर जब पटक-पटक पानी पिउँदा पनि प्यास मेटिदैन भने एक पटक यी घरेलू उपाय अवश्य अपनाउनुहोस् ।

१-पानीमा मह मिलाएर कुल्ला गर्दा या ल्वांगलाई मुखमा राखेर चुस्नाले पटक-आपतक लाग्ने प्यास शान्त हुन्छ ।

२-भुइँकटहरको माथिल्लो बोक्रा र भित्रि कठोर भाग निकालेर यसको सानो-सानो टुक्रा बनाउनुहोस् । यी टुक्रालाई पानीमा पकाएर नरम बनाउनुहोस् र यसमा चीनीको पेस्ट बनाएर यसमा हाल्नुहोस् । यस जूसको सेवन गर्नाले प्यास कम लाग्ने र शरीर प्लने समस्या कम हुन्छ, यसबाट मुटुलाई शक्ति मिल्छ ।

३-गाईको दूधबाट बनेको दही १२५ ग्राम, चीनी ६० ग्राम, घीउ ५ ग्राम, मह ३ ग्राम र कालो मरिच-इलायची पाउडर ५-५ ग्राम लिनुहोस् । दहीलाई रामो सँग मिलाएर यसमा अन्य पदार्थ मिलाएर र कुनै भाँडामा राख्नुहोस् । यसबाट थोरै-थोरै दही सेवन गर्नाले पटक-पटक लाग्ने प्यास शान्त हुन्छ ।

४-जौ लाई भुटेको सत्तूलाई पानीमा घोलेर, यसमा थोरै घीउ मिलाएर पटक-पटक पिउँदा प्यास शान्त हुन्छ ।

५-चामलको मारमा मह मिलाएर पिउँदा पनि प्यास लाग्ने समस्याबाट आराम मिल्छ ।

तपाईको प्रतिक्रिया