पाँचथर : फिदिम नगरपालिका–२ स्थित पल्लोटार जाने बाटोमा भेटिएको बम नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले आज निष्क्रिय पारेको छ ।

पल्लोटार जाने बाटोमा (महेश तिम्सिनाको घरअघि) भेटिएको बम सो टोलीले निष्क्रिय पारिएका हो । शंका लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । प्रहरी र सेनाको टोलीले घरमा प्रयोग गरिने जगमा जोडिएको वस्तु बम भएको पुष्टि गर्दै निष्क्रिय पारेका हुन् ।

तपाईको प्रतिक्रिया