काठमाडौं । पछिल्लो समयका चर्चित नायक अनमोल केसीसँग चलचित्र ‘कृ’ मार्फत डेब्यू गर्न लागेकी नायिका अदीति बुढाथोकीको भारतीय मिडियामा चर्चा चुलीएको छ । नेपालमा अनमोल केसीसँग चलचित्र ‘कृ’ मा अनस्क्रिन रोमान्स गरिरहेकी सुन्दरी नायिकाले कृको छायांकन सुरु गरेसँगै बोल्डभन्दा बोल्ड अवतारमा आँफुलाई उर्तान थालेकी छिन् । लामो समय देखि भारतको मुम्बईमा बस्दै आइरहेकी अदितीले हाल छायाँङ्कन भइरहेको चलचित्र ‘कृ’मा अनमोललसँग रोमान्स जारी राखेका बेला भारतीय अनलाइन ‘एवीपी न्यूज’ ले सन्नी लियोनसँग तुलना गरेर उनलाई कामुक नायिका सन्नी लियोनीलाई पछि पार्ने नायिकाको संज्ञा दिउको छ ।

तपाईको प्रतिक्रिया