एजेन्सी । बाहुबलीको सिरिजमा अभिनय गरेर थप चर्चा कमाएकी अनुष्का शेट्टी आजबाट ३६ बर्ष लागेकी छन् । जन्मदिनको अवसरमा उनका आफन्त फ्यान र शुभचिन्तकहरुले शुभकामना दिइरहेका छन् ।

सामाजिक संजालमा उनलाई जन्मदिनको शुभकामना दिने क्रम जारी भइरहेका बेला उनीसँगै बाहुबलमिा एकसाथ अभिनय गरेका उनका हिरो प्रभासले आफ्नो फेसबुकमा अनुष्काको आगामी फिल्म ‘भागमथी’को पोस्टर सहित शुभकामना दिएका छन् । उमेर ढल्किँदै गइरहेका बेला पनि अविबाहित रहेकी अनुष्काको यो उमेरमा पनि फ्यान क्रेज बढीरहेको छ ।

बैंगलुरूमा जन्मिएकी यी अभिनेत्री सन् २००५ मा सिल्भर स्क्रिनमा पहिलो पटक आएकी थिइन्। फिल्ममा प्रवेशसँगै उनी तमिल र तेलेगु भाषाका फिल्मका दर्शकको नजरमा परिन्। कन्नड भाषामा पोख्त अनुष्काको कन्नड फिल्म उद्योगमा भने डेब्यु भएको छैन।‘बाहुबली’बाट अनुष्काले सफलताको नयाँ उचाइ थपिन्। उक्त फिल्ममा ‘देवसेना’ चरित्रमा देखिएकी अनुष्का ‘बाहुबली’ को चरित्रमा देखिएका प्रभाससँग प्रेमसम्बन्धमा रहेको बताइन्छ ।

 

तपाईको प्रतिक्रिया