काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय निर्वाचन परिचालन समिति विस्तार गरेको छ। समितिको मंगलबार बसेको बैठकले ७५ सदस्यीय निर्वाचन समिति बनाएको हो। समितिमा अखण्ड नेपालबाट कांग्रेस प्रवेश गरेका पूर्व मन्त्री कुमार खड्कालाई पनि समावेश गरिएको छ। तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी सम्हालेका खड्काले छोटो समयमा नै लोकप्रियता कमाएका थिए।

आफ्नो कार्यकालमा खड्काले महिला, बालबालिका र बृद्धबृद्धालाई लक्षित गर्दै लोकप्रिय कार्यक्रम सार्वजनिक गरेका थिए। खड्का नेतृत्वको अखण्ड पार्टी नेपाल र नेपाली कांग्रेसबीच केही समय अगाडि एकता भएको थियो। प्रत्यक्ष निर्वाचनमा उम्मेद्वार नभएका खड्कालाई कांग्रेसले चुनाव प्रचारको जिम्मा दिएको हो। निर्वाचन समितिको संयोजकमा बालकृष्ण खाँड र सहसंयोजकमा सुरेन्द्रराज पाण्डे छन।

यसैगरी सदस्यमा दीलेन्द्रप्रसाद बडू, मानबहादुर विक, कमला पन्त, धनराज गुरुङ, पुष्पा भुसाल, रत्न शेरचन, किशोरसिंह राठौर, मीन विक, बद्री पाण्डे, सुजाता परियार, केशवकुमार बुढाथोकी, गुरुराज घिमिरे, कल्याण गुरुङ, डा डिला संग्रौला, सरिता प्रसाई, बहादुरसिंह लामालगायत छन्। सो समितिमा काँग्रेसका भातृ एवं शुभेच्छुक संस्थाका अध्यक्ष वा प्रतिनिधिसमेत सदस्य रहेका छन् । यस्तै काँग्रेसको प्रचार समितिमा उद्योगी विनोद चौधरीसमेत सदस्य छन्।

तपाईको प्रतिक्रिया