ताजा खबर :- बदलिँदो जीवनशैलीका कारण केही यस्ता रोगहरू बढ्दै छ, जुन महिलाको तुलनामा पुरुषलाई यसको खतरा अधिक हुन्छ । यदि नियमित व्यायाम वा शरीरिक रूपमा सक्रिय रहन सकेमा यी समस्याहरूलाई नियन्त्रण गर्न सकिन्छ । चिकित्सकका अनुसार, यस्ता ७ रोगहरू छन्, जुन महिलाको तुलनामा पुरुषलाई बढी हुन्छ ।

१-मुखको क्यान्सर

महिलाको तुलनामा पुरूषले बढी जाँडरक्सी र सुर्तीजन्य पदार्थको सेवन गर्दछन् । यस अवस्थामा मुखको क्यान्सरको खतरा बढ्छ ।

२-हर्ट अट्याक

महिलाहरूको तुलनामा पुरुष कामको प्रेशरको कारण बढी तनाव एवम् चिन्ता लिने गर्दछन् । यस्तो स्थितिमा रक्तसंचारको सन्तुलन बिग्रन सक्छ, जसले हर्ट डिजीजको आशंका बढाउन सक्छ ।

३-लिभर डिजीज

अधिकांश पुरुष अत्यधिक जाँडरक्सीको सेवन गर्दछन् । यसको कारण लिभरलाई नोक्सान पुग्छ, जसबाट लिभर डिजीजको खतरा बढ्छ ।

४-स्ट्रोक

महिलाहरूको तुलना पुरुष बढी तनावमा रहन्छन्, यसको मस्तिष्कमा खराब असर पर्छ । जसबाट स्ट्रोकको खतरा बढ्छ ।

५-एड्स

महिलाहरूको तुलनामा पुरुष बढी फिजिकल रिलेशन राख्छन् । यसको कारण पुरुषमा एड्सको खतरा बढी हुन्छ ।

६-फोक्सोको क्यान्सर

महिलाहरूको तुलनामा पुरुषले बढी धुम्रपानको सेवन गर्दछन् । यसबाट फोक्सोको क्यान्सरको खतरा बढ्छ ।

७-किड्नी डिजीज

महिलाहरूको तुलनामा पुरुषले बढी जाँडरक्सीको सेवन गर्दछन् । यसको कारण किड्नी डिजीजको खतरा बढ्छ ।

तपाईको प्रतिक्रिया