ताजा खबर :- खुट्टालाई बलियो बनाउनको लागि यसको मसल्स बलियो हुन् निकै आवश्यक हुन्छ । केही एक्सरसाइज छन्, जसले तिघ्राको मसल्समा असर पुर्याई यिनलाई बलियो बनाउँछ । यदि दिनहुँ २० मिनेट यी एक्सरसाइज गर्न सकेमा तिघ्रालाई बलियो बनाउन सकिन्छ । फिटनेस एक्सपर्टका अनुसार, तिघ्राको मसल्स बलियो बनाउने यी ५ एक्सरसाइज यस्ता छन् ।

१-स्क्वेट्स

सिधा उभिनुहोस् र अब दुवै हातलाई अगाडी तर्फ सिधा राख्नुहोस् । घुँडालाई मोड्दै बस्नुहोस, जसरी तपाई कुर्सीमा बसिरहनु भएको छ । अब श्वास छोड्दै फेरि माथि उठ्नुहोस् । यस एक्सरसाइज १० देखि १५ पटक गर्नुहोस् ।

२-स्प्लिट स्क्वेट्स

दुवै हातमा ५ देखि १० किलो डम्बल लिएर उभिनुहोस् । अब दायाँ खुट्टा अगाडी र घुँडाबाट मोड्नुहोस् । साथै बायाँ खुट्टालाई जमिनमा टेकाउनुहोस् । यहि स्टेप बायाँ खुट्टाको साथमा गर्नुहोस् । दिनहुँ यसलाई १० देखि १५ पटक गर्नुहोस् ।

३-जम्प स्क्वेट्स

दुवै हात अगाडी तर्फ सिधा राख्नुहोस् र घुँडालाई मोड्दै बस्नुहोस्, जसरी तपाई कुर्सीमा बसिरहनु भएको छ । अब माथितर्फ जति सक्दो उफ्रिएर फेरि पहिले कै पोजिशनमा आउनुहोस् । यस व्यायामलाई लगातर १० देखि १५ पटक गर्नुहोस् ।

४-कैची

ढाडको बल पल्टिएर दुवै खुट्टालाई माथि उठाउनुहोस् । बिस्तारै दायाँ खुट्टालाई तल ल्याउनुहोस् र सिधा गर्नुहोस् । फेरि बायाँ खुट्टा तल ल्याउँदै दायाँ खुट्टा माथि उठाउनुहोस् । यसलाई ८-१० पटक दोहोर्याउनुहोस् ।

५-लेग ड्रोप

ढाडको बल पल्टिएर खुट्टालाई बिस्तारै-बिस्तारै माथि तर्फ उठाएर सिधा गर्नुहोस् । केहि समय रोक्नुहोस् र फेरि खुट्टालाई तल ल्याएर ४५ डिग्रीको कोण बनाएर रोक्नुहोस् । यसलाई ८-१० पटक दोहोर्याउनुहोस् ।

तपाईको प्रतिक्रिया