ताजा खबर :- मूलाको उपयोग सब्जी र सलादको रूपमा प्रयोग गरिन्छ । तर यसको पातमा पनि थुप्रै प्रकारको पोषक तत्व पाईन्छ । यसमा क्याल्शियम, फोलिक, एसिड, भिटामिन सी आदि तत्व पाईन्छ ।

१-यसले प्रतिरोधक क्षमता बढाउँछ ।

मूलाको पातमा पाईने उच्च आइरनले थकानको लागि एक आदर्श निवारक हो । मूलाको पात खनिजले भरिपूर्ण हुन्छ, जस्तै आइरन र फोस्फोरस जसबाट शरीरको प्रतिरक्षा बढ्छ । यसमा भिटामिन सी, भिटामिन ए,थायमीन जस्ता अन्य आवश्यक खनिज पनि समावेश छ, जसले थकान कम गर्न मद्दत गर्छ ।

२-मूलालाई फाइबरको प्रमुख स्रोत मानिन्छ ।

मूलाको पातमा मूलाको तुलनामा अधिक फाइबर हुन्छ । फाइबरले पाचन प्रक्रियामा मद्दत गर्छ । मूलाको पातमा सेवनले कब्जियत र पेट फुल्ने जस्ता समस्याबाट आराम दिलाउन मद्दत गर्छ ।

३-यसले रगतलाई शुद्ध बनाउँछ ।

मूलाको पातमा रक्तशोधक गुण हुन्छ । यसमा आश्चर्यको कुरा यो छ कि मोलाको पातमा जराको तुलनामा अधिक मात्रामा भिटामिन सी हुन्छ र यसकारण मूलाको पातमा जराको तुलनामा बलियो एन्टीकोब्यूर्टिक गुण हुन्छ ।

४-मूलाको पात बवासीरको रोगमा उपयोगी हुन्छ ।

मूलाको पातले बवासीर जस्ता पीडादायक परिस्थितिको उपचारमा मद्दत पुर्याउँछ । जीवाणुरोधी गुणहरूको कारण मूलाको पातले सूजन कम गर्छ  । मूलाको पातलाई सुकाएर पाउडर तयार गर्नुहोस् । यसपछि बराबर मात्रामा चीनी र पाउडरलाई पानीमा मिलाएर बाक्लो पेस्ट तयार गर्नुहोस् । यस पेस्ट खान वा सूजन भएको ठाउँमा लगाउन सकिन्छ ।

५-जन्डिसको समस्यामा मूलाको जूस लाभकारी हुन्छ ।

मूलाको पातको सेवनले जन्डिस जस्ता रोगहरूको उपचार हुन्छ । जन्डिसको उपचार गर्नको लागि दस दिन सम्म दिनहुँ आधा लिटर रस सेवन गर्नुहोस् ।

६-यसले शरीरमा विषाक्त पदार्थको असरलाई कम गर्छ ।

मूलाको पातमा आवश्यक तत्व समावेश हुन्छ । यसमा पाईने पोषक तत्व र रोगाणुरोधी र जीवाणुरोधी गुण शरीरबाट विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ ।

तपाईको प्रतिक्रिया