ताजा खबर :- पुरुष र महिलाहरूमा शरीरिक संरचना, हर्मोन्सको साथै अन्य थुप्रै अन्तर पाइन्छ, यहि कारण हो कि दुवैमा कुनै पनि रोगहरूको लक्षण, तीव्रता आदिमा पनि फरक देखिन्छ । महिलाहरूमा हर्ट अट्याकको समस्या हुँदा देखा पर्ने यी ५ लक्षण यस्ता छन् ।

१-थकान

लामो समय सम्म आराम गरेर पनि यदि थकान महसूस हुन्छ, कुनै पनि काममा मन लागिरहेको छैन र तनाव एवम् चिन्ता महसूस भैरहेको छ भने तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्दछ ।

२-छातीमा दुखाई

तीव्र छातीमा दुखाई महसूस हुनु र छातीमा निकै भारीपन वा दबाव महसूस हुनु पनि हृदय समस्या या हर्ट अट्याकको आशंका हुनसक्छ ।

३-पसिना

पेटमा तीव्र दुखाई हुनु या तीव्र रूपमा पसिना आउनु पनि यी लक्षणहरूमा समावेश हुन्छ । विशेषगरी जब चिसो पसिना आइरहेको छ भने चिकित्सक कहाँ अवश्य जाँच गराउनुहोस् ।

४-श्वास

यस स्थितिमा श्वास लिँदा निकै समस्या हुन्छ । यदि तपाईलाई कुनै पनि समय सहज रूपमा श्वास लिन सक्नु भएको छैन भने चिकित्सकको सल्लाह अवश्य लिनुहोस् ।

५-दुखाई

ढाड दुख्ने, हात र बंगारामा दुखाई महसूस हुनु पनि मुटु सम्बन्धि समस्याको एक लक्षण हो । यसको बारेमा तपाई सतर्क रहन आवश्यक हुन्छ ।

तपाईको प्रतिक्रिया