ताजा खबर :- जब कलेजोमा अनावश्यक बोसोको मात्रा बढ्छ, तब बोसोयुक्त कलेजोको समस्या देखापर्छ । यसको कयौँ कारण हुनसक्छ, जसको जानकारी राख्न अति आवश्यक हुन्छ किनकि तपाई यस समस्याबाट बँच्न सक्नुहुन्छ । बोसोयुक्त कलेजो हुनुको मुख्य ५ कारण यस्ता छन् ।

१-अनुचित आहार

अत्यधिक भारी या तेल-मसालेदार आहार, फास्ट फूड अधिक खानु वा काँचो भोजन सेवन गर्दा शरीरलाई अधिक मेहेनत गर्नुपर्छ, जसको कारण बोसोयुक्त कलेजोको समस्या उत्पन्न हुनसक्छ ।

२-मोटोपन

मोटोपन पनि यस समस्याको एक प्रमुख कारण हुनसक्छ । शरीरमा अत्यधिक बोसो केवल बोसोयुक्त कलेजो समस्या मात्र नभई उच्च रक्तचाप या अन्य स्वास्थ्य समस्याहरूको लागि पनि जिम्मेवार हुन्छ ।

३-औषधिको सेवन

केही औषधी यस्ता हुन्छन्, जसले बोसोयुक्त कलेजोको समस्यालाई उत्पन्न गर्न सक्छ र यसलाई बढाउन पनि मद्दत गर्छ । सोधमा यो पत्ता लागको छ कि एस्पिरिन जस्ता औषधीहरू यसको कारण बन्न सक्छ ।

४-अल्कोहल

अल्कोहलको सेवन बोसोयुक्त कलेजोको बढ्दो समस्याको एक ठूलो जिम्मेवार कारण हो । यदि तपाई अधिक अल्कोहल सेवन गर्नुहुन्छ भने यो समस्या उत्पन्न हुनसक्छ ।

५-अनुवांशिक

यस समस्याको लागि कहिले-कही अनुवांशिक पनि जिम्मेवार हुनसक्छ ।  यदि तपाईको घरमा कुनै व्यक्तिलाई विशेषगरी आमा या बुवालाई यो समस्या छ भने तपाईको लागि सम्भवना बढ्छ ।

तपाईको प्रतिक्रिया